२१ कात्तिक २०८३, शनिवार

साना किसान मनहर्वाको खुद मुनाफा ५० लाख

२०७२ साउन १८, सोमबार
साना किसान मनहर्वाको खुद मुनाफा ५० लाख

मनहर्वा । साना किसान कृषि सहकारी संस्था लि.मनहर्वाले गत आर्थिक बर्ष ०७१/०७२ मा ५० लाख खुद मुनाफा गरेको छ ।

संस्थाले ११ करोड ६३ लाख ९ हजार कर्जा लगानी तथा ८ करोड ९४ लाख ८५ हजार असुली गरि उक्त नाफा गर्न सफल भएको हो । त्यस्तै ३ करोड ६८ लाख ६६ हजार निक्षेप संकलन गरेको छ । मनहर्वा र उत्तर झिट्कैया गाविसका करिब २ हजार शेयर सदस्यहरुसँग कारोबार गरिरहेको संस्थाले जनाएको छ ।

१४ बर्ष अगाडि स्थापना भएको संस्थाले आफ्ना सदस्यहरुलाई सहुलियत कृषि ऋण, नविकरणिय उर्जा ऋण, मासुजन्य पशुपालन ऋण र सरसरफाई (चर्पी निर्माण) ऋण दिँदै आएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिए ।
संस्थाले ऋण कारोबारका साथै ब्यवसायिक तालिम,सरसफाई कार्यक्रम सुत्केरीलाई पोष्टीक आहार वितरण, उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार, बृद्धवृद्धा अपाङ्ग तथा एकल महिलाहरुलाई आर्थिक सहयोग गर्ने जस्ता सामाजिक सामुदायिक कामहरु समेत गर्दै आईरहेको छ । त्यसैगरी संस्थाले विपदमा परेका सदस्यहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्ने गरेको छ ।

अभिलेख

लोकप्रिय