राष्ट्र बैंकको निर्देशनप्रति सहकारीको आपत्ति
काठमाडौं । सहकारीकर्मीहरुले राष्ट्र बैंकले कुनै पनि बैंकमा सहकारीको लगानी हुन नहुने र शेयर खरीद गर्न नपाउनेगरी गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।
मिडिया इन्टरनेसनलले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले राष्ट्र बैंकको निर्णय सहकारीले मान्न बाध्य नहुने समेत बताए । कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा सभासद केशव वडालले सहकारीलाई कहिँ कतैबाट अंकुश लगाउने र यो गर वा यो नगर भन्ने अधिकार कसैलाई नभएको बताए । उनले सहकारी आफ्नै नीति र सिद्धान्तबाट परिचालीत हुने भन्दै सहकारीले कहाँ लगानी गर्न पाउने वा कहाँ नपाउने भन्ने कुरा राष्ट्र बैंकले भन्न नमिल्ने उल्लेख गरे ।
सहकारीको घाँटी निमोठ्ने काम देशको अर्थतन्त्र विगार्ने काम भएको टिप्पणी गदैं उनले राष्ट्र बैंकको कदमप्रति कडा आपत्ति प्रकट गरे । संविधानका मस्यौदामा नीजि क्षेत्रले सहकारीको विरोध गरेकोप्रत पनि उनले कडा आलोचना गरे । तिनखम्बे अर्थनीति अन्तरगत सहकारीलाई नीजि क्षेत्र मान्नु पर्ने उद्योग वाणिज्य महासंघ लगायतको प्रस्ताव अस्वीकार गर्दै उनले बैंकहरुले सहकारीको बदनाम गरेर सहकारीको व्यबसाय आफूले गर्न चाहेको समेत आरोप लगाए । अर्थतन्त्रमा सहकारी, सरकार र नीजि क्षेत्र सबैको उत्तिकै महत्व भएको उल्लेख गर्दै उनले संविधानमै सहकारीको आवश्यकता र महत्वका बारे उल्लेख गर्नुपर्नेमा जोड दिए । ग्रामिण अर्थतन्त्रमा सहकारीको भूमिका रहेको भन्दै उनले बजारका सहकारीबीच मर्जरको जरुरी रहेको र हरेक गाविसमा कम्तिमा एउटा सहकारी आबश्यक रहेको पनि बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईंले राष्ट्र बैंकले जारी गरेको नीतिले सहकारीलाई संकुचन गर्न खोजिएको भन्दै सो प्रति आपत्ति जनाए । उनले पनि सहकारीले गर्ने लगानीका बारे राष्ट्र बैंकले केही भन्न नमिल्ले बताए । धेरै पुँजी भएका सहकारीहरुले हाइड्रोमा समेत लगानी गरेको बताउँदै उनले सहकारीको क्षेत्राधिकार तोक्न नहुनेमा जोड दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
