छ सहकारीलाई चिलिङ भ्याट वितरण
इलाम । जिल्ला पशुसेवा कार्यालय, इलामले जिल्लाका छवटा सहकारी संस्थालाई दूध चिस्याउने चिलिङ भ्याट वितरण गरेको छ ।
गत आव ०७१/७२ मा दुई हजार, एक हजार र ५०० लिटर क्षमताका चिलिङ भ्याट संस्थालाई वितरण गरिएको छ ।
कार्यालयले साङरुम्बास्थित पानीटार कृषि सहकारी संस्थालाई दुई हजार लिटर क्षमताको, पशुपतिनगर–९ स्थित लक्की डेरी, साँखेजुङस्थित कञ्चनजङ्घा चीज उद्योग, इलाम नगरपालिकास्थित महत कृषि र पशुपालन व्यवसायलाई एक÷एक हजार लिटर क्षमताको तीन वटा चिलिङ भ्याट वितरण गरेको जनाएको छ ।
सूर्योदय नगरपालिकास्थित आचार्य पशुपालन कृषि तथा डेरीफर्म र चुलाचुलीस्थित अन्नपूर्ण कृषि तथा सहकारी संस्थालाई ५०० लिटर क्षमताका दुई वटा चिलिङ भ्याट वितरण गरेको कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिए । चिलिङ भ्याट स्थापना भएपछि किसानलाई दूध सङ्कलनमा सहयोग पुगेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
