सहकारीले बैंक तथा वित्तीय संस्थाको सेयर किन्न नपाउने
काठमाडौं । सहकारी संस्थाहरूले बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशिका–०७२ मा सहकारीको लगानीमा कडाइ गरेको हो ।
४ वर्षअघि सहकारी दर्ता तथा नियमन मापदण्ड–०६८ ले सहकारी संस्थाले अन्य निजी व्यवसाय, कम्पनी तथा फर्ममा सेयर लगानी गर्न नपाइने व्यवस्था गरेको थियो । तर, मापदण्डका प्रावधानलाई सहकारी विभागले लागू गर्न नसक्दा सहकारीहरूले खुलेआम सेयरमा लगानी गर्दै आएका थिए ।
राष्ट्र बैंकको निर्देशन आएलगत्तै नेपाल स्टक एक्सचेन्जले बिहीबार सूचना जारी गर्दै सहकारी संघसंस्थाहरूलाई बैंक तथा वित्तीय संस्थाको सेयर किन्न रोक लगाएको छ । सहकारी संस्थाहरूले संस्थागत रूपमा नै विभिन्न बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्दै आएका थिए । काठमाडौं उपत्यमा खुलेका सहकारीहरू यो काममा बढी संलग्न छन् ।
यसैगरी, एकीकृत निर्देशनमा कालोसूचीमा राख्ने व्यवस्थालाई थप कडाइ गरेको छ । नयाँ व्यवस्थाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्नका लागि निवेदन दिएको ५ दिनभित्र कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्नुपर्ने छ । यसअघि, यस्तो समयसीमा १५ दिनको थियो ।
यस्तै, कालोसूचीमा रहेका संस्थापक सेयरधनीको सम्पत्ति धितोमा ऋण लिन नपाइने, वार्षिक ३ लाख रुपैयाँभन्दा कम कारोबार भएका ग्राहकलाई कम जोखिमयुक्त सूचीमा राख्ने, साधारण ब्याजसमेत मिनाहा गर्न सक्ने, बैंकहरूले आफ्ना सञ्चालक, प्रमुख कार्यकारी र अधिकृतस्तरका कर्मचारी तथा तिनमा परिवारले लिएको ऋणको विवरण आर्थिक वर्ष सकिएको ३५ दिनभित्र राष्ट्र बैंकमा बुझाउनुपर्नेलगायतका व्यवस्था गरिएको कारोबार दैनिकले खबर छापेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
