२१ कात्तिक २०८३, शनिवार

सहकारी चोरी गरी फरार रहेका अभियुक्त पक्राउ

२०७२ साउन १४, बिहिबार
सहकारी चोरी गरी फरार रहेका अभियुक्त पक्राउ

काठमाडौं । सामाखुसीमा सञ्चालित जनमिलन सहकारी संस्थाबाट नगद तथा सुनका विभिन्न गरगहना चोरी गरी फरार अभियुक्तलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
गत वैशाख १२ गते भूकम्प गएको मौकापारी काठमाडौँ महानगरपालिका–२९ स्थित उक्त सहकारी संस्थाबाट नगद सात लाख १७० र विभिन्न गरगहना (करिब ४३ तोला) भएको सेफसमेत चोरी गरी फरार रहेका नुवाकोट जिल्ला भाल्चे–९ घर भई काठमाडौँ सामाखुसी डेरा गरी बस्ने २२ वर्षीय तिलक भन्ने राजु तामाङलाई मङ्गलबार पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
पक्राउ परेको तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
यो पनि पढ्नुस
जनमिलन सहकारी चोरी गर्ने तीन अभियुक्त पक्राउ

अभिलेख

लोकप्रिय