१० वटा दुग्ध सहकारीलाई मिल्क एनालाइजर मेसिन वितरण
इलाम । दूधको शुद्धता र गुणस्तर मापन गर्दै तत्काल दूधको मूल्य थाहा पाउन सहज होस् भन्ने उद्देश्यले दुग्ध वितरण आयोजना विराटनगरले गत वर्ष १० वटा दुग्ध सहकारी संस्थालाई मिल्क एनालाइजर मेसिन वितरण गरेको छ ।
आयोजनाले एक लाख अनुदानमा संस्थालाई उक्त मेसिन वितरण गरेको हो । दूधमा भएको हावा, पानी र एसएनएफलगायतको मात्रा तत्कालै थाहा पाउन र दूधको गुणस्तरअनुसार किसानलाई आफ्नो दूधको मूल्य थाहा पाउन सजिलो होस् भनेर सो मेसिन वितरण गरेको हो ।
आयोजनाले शान्तिडाँडाको पैरेभञ्ज्याङ, वाफरुङ, पुवाखोला, जनहित, साँखेजुङको नेपालटार, सूर्याेदय नगरपालिकाको तीनघरे, जनजीवन, लक्ष्मीपुरको बर्दु, हरियाली र आमबोटे दुग्ध उत्पादक सहकारी संस्थालाई एनलाइजर मेसिन वितरण गरेको आयोजनाका निमित्त प्रमुख उमेशलाल कर्णले जानकारी दिए ।
यसअघि पनि आयोजनाले पूर्वाञ्चलका १० वटा चिस्यान केन्द्र र २३ वटा दुग्ध सहकारी संस्थालाई एनालाइजर मेसिन वितरण गरेको थियो । एनालाइजर वितरणसँगै सहकारी संस्थामा आबद्ध ७१ जनालाई यसको प्रयोगबारेमा तालिमसमेत दिइएको कर्णले बताए । जिल्लाका आठ वटा दुग्ध चिस्यान केन्द्रमार्फत सङ्कलित दूध संस्थानले खरिद गर्ने गरेको छ । ती केन्द्रमा करिब ३० वटाभन्दा बढी दुग्ध उत्पादक सहकारी संस्थाले दूध ढुवानी गरिरहेका छन् ।
दुग्ध उत्पादक सहकारी संस्थाका पदाधिकारीका अनुसार परम्परागत रुपमा दूधको गुणस्तर परीक्षण गर्दा समय लाग्ने र वास्तविक मूल्य पनि किसानलाई थाहा नहुने अवस्थामा मिल्क एनालाइजर जस्तो आधुनिक मेसिनले तत्काल मूल्य थाहा पाउँदा किसान र सहकारी दुवैलाई फाइदा हुने भट्टराई पशुपालन तथा कृषि सहकारी संस्था सुलुबुङकी अध्यक्ष लीलादेवी भट्टराईले बताइन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
