२८ सहकारीको दर्ता खारेज
झापा । डिभिजन सहकारी कार्यालय झापाले आर्थिक वर्ष २०७१/७२ मा जिल्लाका २८ वटा विविध प्रकृितका सहकारी संस्थाको दर्ता खारेज गरेकोे छ ।
विगत दुई वर्षदेखि आर्थिक कारोबारको विवरण, लेखापरीक्षण प्रतिवेदन तथा साधारणसभाको प्रतिवेदन नियमित रूपमा कार्यालयमा पेस नगरेका सहकारी संस्थालाई खारेज गरिएको हो ।
डिभिजन सहकारी कार्यालयले यसअघि झापाका पत्रपत्रिका तथा अनलाइनमा ३५ दिने सार्वजनिक सूचनामार्फत निस्क्रिय रहेका एक सय ४३ वटा सहकारी संस्थालाई खारेजीतर्फको कारबाही अघि बढाएको सूचना दिँदै कार्यालयमा तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको थियो । जसमध्ये ५० वटा संस्थाले सम्पर्क गरेका थिए ।
झापामा हाल ८५४ वटा विविध प्रकृतिका सहकारी संस्था क्रियाशील रहेको जानकारी डिभिजन सहकारी कार्यालय झापाका अधिकृत माधवप्रसाद पोखरेलले दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
