२१ कात्तिक २०८३, शनिवार

धादिङमा सहकारीको लगानी २ अर्ब २१ करोड

२०७२ साउन १३, बुधबार
धादिङमा सहकारीको लगानी २ अर्ब २१ करोड

धादिङ । आर्थिक वर्ष २०७१ ०७२ मा धादिङमा सञ्चालित सहकारीले २ अर्ब २१ करोड १२ लाख ९० हजार लगानी गरेका छन् । जिल्लामा ४ सय ९ सहकारीले नियमित कारोबार गर्दै आएको छ ।

सहकारीमा आवद्ध भएका १ लाख ७ हजार ७ सय ३२ जनाबाट ४४ करोड २६ लाख ८७ हजार शेयर पूँजी र १ अर्व ४८ करोड १८ लाख १७ हजार वचत संकलन गरेको छ । ति सहकारीले १ अर्व ३३ करोड ६६ लाख ३० हजार अन्य वैक तथा वित्तय संस्थाहरुबाट ऋण लिएका छन् ।

अभिलेख

लोकप्रिय