एक अर्ब सत्ताइस करोड राजस्व सङ्कलन
भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुर, झापाले आव २०७१/७२ को अवधिमा एक अर्ब २७ करोड ७५ लाख ५१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।
यो अवधिमा कार्यालयले एक अर्ब २३ करोड ८७ लाख १७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा तीन करोड ८८ लाख ३४ हजार लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । जबकी अघिल्लो आवमा सो अवधिमा एक अर्ब चार करोड छ लाख ४९ हजार मात्र राजस्व सङ्कलन भएको थियो ।
कार्यालयबाट प्राप्त जानकारीअनुसार आयकरतर्फ ५५ करोड ५२ लाख ५९ हजार, मूल्य अभिवृद्धि कर ४७ करोड ९९ लाख ६९ हजार, अन्तशुल्क सात करोड ९९ लाख एक हजार, बहालकर पाँच करोड ६४ लाख २२ हजार, ब्याजकर चार करोड १८ लाख ५७ हजार, स्वास्थ्य सेवा कर एक करोड ३३ लाख ९९ हजार र शिक्षा सेवा कर ६८ लाख ९३ हजार रसङ्कलन भएको हो ।
समग्रमा अघिल्लो आवमा १०७ प्रतिशत प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालयले गएको वर्षमा १११ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख षडानन्द गुरुङले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
