२१ कात्तिक २०८३, शनिवार

बचत तथा ऋण सहकारीमा कडाइ, नियमन र सुपरिवेक्षण गर्न छुट्टै संस्था बनाइने

२०७२ साउन ८, शुक्रबार
बचत तथा ऋण सहकारीमा कडाइ, नियमन र सुपरिवेक्षण गर्न छुट्टै संस्था बनाइने

काठमाडौं । सहकारी संस्थाको नियमन र सुपरिवेक्षण गर्न छुट्टै संस्था बनाइने भएको छ ।

केन्द्रीय बैंकले बिहिबार जारी गरेको मौद्रिक नीतिमा छुट्टै संस्था बनाउनका लागि ऐनको मस्यौदा तयार गरेर सरकार समक्ष पेश गरिने उल्लेख गरिएको छ ।

सहकारीमा सर्वसाधारणको धेरै रकम ठगिएको भन्दै बचत तथा ऋण कारोबार गर्ने सहकारीका लागि छुट्टै नियमनकारी संस्था गठनको आवाज उठेको थियो ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन तथा सुपरीवेक्षणका लागि संस्थागत व्यवस्था आगामी आर्थिक वर्षभित्रै स्थापना गर्न कानुनी तथा नीतिगत व्यवस्था गरिने चालु आर्थिक वर्षको बजेटमा पनि व्यवस्था गरिएको छ ।

अभिलेख

लोकप्रिय