२१ सहकारी संस्थाको दर्ता खारेज
रौतहट । सहकारी डिभिजन कार्यालय रौतहटले कारोबार नै निस्क्रिय अवस्थामा रहेका २१ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।
ती सहकारी संस्थाले साधारणसभा र लेखापरीक्षण नगरेको तथा सहकारी ऐनअनुसार प्रतिवेदनसमेत नपठाएको पाइएपछि संस्था खारेजमा परेका हुन् ।
खारेज हुनेमा कृषक कल्याण दुग्ध उत्पादक, हिमालय दुग्ध उत्पादक, महालक्ष्मी दुग्ध उत्पादक, जनज्योति दुग्ध उत्पादक, जयकिसान दुग्ध उत्पादक, पृथ्वी दुग्ध उत्पादक, कमलामाई बचत तथा ऋण, मुस्कान दुग्ध उत्पादक, जय दुर्गा माता कृषि सहकारी, जय मां बैष्णो देवी, श्रीराम कृषि सहकारी, ग्रामीण उत्थान कृषि सहकारीलगायतका रहेको सहकारी डिभिजन कार्यालयका प्रमुख गोपाल बरालले जानकारी दिए ।
सो कार्यालयले खारेज भएका सहकारी संस्थासँग कारोबार नगर्न र नगराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ । खारेज हुनेमा अधिंकाश दुग्ध उत्पादक सहकारी संस्था रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
