२१ कात्तिक २०८३, शनिवार

२०७२/०७३ लाई सहकारी सचेतना वर्षका रुपमा मनाईने

२०७२ साउन ५, मङ्गलबार
२०७२/०७३ लाई सहकारी सचेतना वर्षका रुपमा मनाईने

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आर्थिक वर्ष २०७२/०७३ लाई सहकारी सचेतना वर्षका रुपमा मनाउने भएको छ ।

संस्थाले सेयर सदस्यलगायत समुदायमा सहकारीसम्बन्धी जानकारी दिने, सेयर सदस्य वृद्धि लगायतका योजनासहित सहकारी सचेतना अभियान सञ्चालन गर्न लागेको हो । अभियानअन्तर्गत प्रत्येक साता एउटा कार्यक्रम गर्ने, सबै गाविस र बागलुङ नगरपालिकाका सबै वडामा उपसमिति गठन गरी गतिविधि सञ्चालन गर्ने सहकारीका अध्यक्ष मना केसीले जनाकारी दिए ।
सहकारीको प्रवद्र्धनका लागि दशवर्षे रणनीतिक योजना नै बनाएर अगाडि बढेको केसीको भनाइ छ । सचेतना अभियान सञ्चालनका लागि संस्थाले आठ लाख ८५ हजार बजेट विनियोजन गरेको छ । अभियानबाट सेयर सदस्य, सेयर पँुजी, आम्दानी तथा सेयर सदस्यको आर्थिक तथा सामाजिक विकास हुने लक्ष्य संस्थाले लिएको छ ।

सहकारीले धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन, बचत तथा ऋण कार्यक्रम गर्नुका साथै सामाजिक गतिविधि गर्दै आइरहेको छ । पत्रिका प्रकाशनसँगै बचत तथा ऋणको कारोबार गरेको यस संस्थाले गत आर्थिक वर्षमा ४० करोडको कारोबार गरेको जनाइएको छ । सात सय पचास सेयर सदस्य रहेको संस्थाले एक करोड ८० लाख सेयर रकम, चार करोड बचत तथा छ करोड लगानी गरेको छ ।
विसं २०८० सम्म संस्थामा पाँच हजार सेयर सदस्य र १२ करोड ५० लाख सेयर रकम पुर्याउने लक्ष्य रहेको सहकारीले जनाएको छ ।

अभिलेख

लोकप्रिय