२१ कात्तिक २०८३, शनिवार

हातेमालोको खुद मुनाफा ७५ लाख

२०७२ साउन ४, सोमबार
हातेमालोको खुद मुनाफा ७५ लाख

बारा । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७१/०७२ मा ७५ लाख चौतीस हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

संस्थाले एक हजार ८ सय ७० सदस्यहरुवीच कारोवार गरिरहेको र हाल १६ करोड वीस लाख ४५ हजारको कुल सम्पत्ति वा दायित्व सिर्जना गरेको छ । संस्थामा हाल करीव एक करोड चवन्न लाख शेयर पूंजी, दश करोड पचहत्तर लाख बचत, तेरह करोड तीस लाख कर्जा लगानी रहेको छ ।

संस्थाले आ. व. २०७१।०७२ मा लगानी १६ करोड ९३ लाख र असुली १३ करोड ८३ लाख रुपैया असुली गरेको छ भने बचत २० करोड संकलन र १७ करोड सैतीस लाख फिर्ता गरेको छ ।

संस्थागत सुशासन, आर्थिक पारदर्शिता, मितव्ययिता र प्रभावकारी सेवामा प्रतिवद्ध संस्थाले यस वर्षदेखि लाग्ने कर इमान्दारिपूर्वक तिर्ने निर्णयसमेत गरेको छ । यद्यपि समुदायमा आधारित र उत्पादनकेन्द्रीत सहकारीलाई करमुक्त बनाउनुपर्ने र सबै सहकारीलाई करको दर न्युन गर्न अभियानको मांगमा साथ दिदै आएको छ । नगरपालिका र आसपासका गाविसहरुमा सरकारले वित्तिय सहकारीलाई वीस प्रतिशत कर लिदै आएको छ ।

संस्थाले सदस्यहरुलाई गुणस्तरीय वित्तिय सेवा, पन्ध्र प्रतिशत लाभांश र सदस्य राहत उपलव्ध गराउदै आएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र साना किसान विकास बैंकमार्फत सुपथ व्याजदरमा स्वरोजगार कर्जा सेवा उपलव्ध गराउदै आएको छ । संस्थाले श्रावण १ गतेबाट कर्जा र बचतमा एक प्रतिशतसम्म घटाउने र नियमित रुपमा किस्ता बुझाउने सदस्यहरुलाई व्याज रकममा दुई प्रतिशत छुट दिने नीति रहेको छ ।

संस्थाले विभिन्न रचनात्मक कार्यहरुसहित सामाजिक उत्तरदायित्वसमेत बहन गरिरहेको छ । भूकम्पपिडितहरुको राहत, उद्धार र पुनव्र्यवस्थापनका लागि साढे दुई लाखसहित सामाजिक निर्माण र उत्तरदायित्वको क्षेत्रमा विभिन्न कामहरु गरिरहेको छ । संस्थाको सामाजिक उत्तरदायित्वलाई विस्तार र राष्ट्रिय अन्तरराष्ट्रिय तहमा आवद्धता र सहयोगको आदानप्रदानका लागि लायन्स क्लव ईन्टरनेशनलमा आवद्ध हुने र लायन्स क्लव अफ इन्टरनेशनल सिमरा हातेमालो सिमरा स्थापनाको प्रक्रिया अघि बढाएको छ ।

२०६५ जेठ २० गते ७२ शेयर सदस्यहरुको ९० हजार दुई सय रुपैया शेयर पूंजीमा दर्ता भई शुरु भएको यो संस्थाले सदस्यहरुवीच मध्यतराईकै समुदायमा आधारित सदस्यकेन्द्रीत उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको पहिचान बनाएको हातेमालोले यस भेगको सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका संस्थाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।
संस्थाले गुणस्तरीय वित्तिय सेवा उपलव्ध गराउनुका साथै सहकारीहरुवीच एकीकरण छलफल, सहकारी क्रियाकलापको विविधीकरणसंगै आगामी दिनमा कृषि, शिक्षा तथा स्वास्थ्य सेवाका लागि अघि बढनेसमेत उद्धेश्य लिएको अध्यक्ष पौडेलले बताए ।

अभिलेख

लोकप्रिय