नेपाल स्वास्थ्य सहकारीको साढे २ अर्ब लगानी डुब्ने अवस्थामा
नारायण पौडेल
काठमाडौं । नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाको साढे २ अर्ब भन्दा बढी भएको लगानी डुब्ने अवस्थामा पुगेको छ । सो संस्थामा आबद्व २ हजार ४ सय १४ जनाको ४८ करोडसहित संस्थाको कुल दायित्वमा रहेको साढे दुई अर्ब भन्दा बढी लगानी डुब्ने अवस्थामा पुगेको छ । लामो समयदेखि संस्थाले आम्दानी गर्न नसकेपछि लगानीकर्ताहरु चिन्तित हुदैँ लगानी फिर्ताका लागि हारगुहार गर्न थालेका छन् ।
सो सहकारीले सञ्चालन गर्न थालेको मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्तालले लामो समयसम्म सम्बन्धन नपाएपछि सहकारीको लगानी डुब्ने अवस्थामा पुगेको हो । संस्थाले २ वर्षअघि सम्बन्धन पाउनुपर्ने भएपनि हालसम्म सम्बन्धन नपाएपछि लगानीकर्तामा किचलो उत्पन्न भएको छ । लगानीकर्ताले आफ्नो अधिक लगानीलाई खुम्चाउँदै १ लाख ५१ हजारको शेयरमा सीमित पारेका छन् भने केहीले संस्थाबाट हात झिक्ने प्रयासमा जुटेका छन् ।
सहकारीको आर्थिक वर्ष २०७०/७१ को वास्तविक पूँजी तथा दायित्व २ अर्ब ३७ करोड ९४ लाख ४८ हजार ८ सय ७७ रुपैयाँ पुगेको छ । कलेजले सम्बन्धन नपाएपछि लगानीकर्ताहरु निरुत्साहित हुदैँ हात झिक्ने प्रयासमा लागेका छन् । संस्थाले आर्थिक वर्ष २०७१।७२ का लागि २ अर्ब ५७ करोड ५१ लाख १३ हजार ९१ रुपैयाँ बजेट प्रस्ताव गरेको थियो ।
संस्थाले मेघा प्रोजेक्टको रुपमा २ अर्ब ४४ करोड रुपैयाँको लागतमा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल सञ्चालनको तयारी गरेको छ । तर मेडिकल कलेज बनाउनका लागि संस्थाले हालसम्म ७८ करोड ७० लाख मात्र जम्मा गर्न सकेको छ । मेडिकल कलेजका लागि शेयर सदस्यको ४८ करोड, चोभारको जग्गा बिक्रीबाट ३ करोड ७० लाख, एमएमआईएचएस र अस्पतालबाट ४ करोड र सरकारबाट २३ करोड सहयोग गरी जम्मा भएको छ । मेडिकल कलेज पूर्ण रुपमा सञ्चालन गर्नका लागि थप ७५ करोड आवश्यक परेको संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । संस्थाको सम्पूर्ण परियोजना सञ्चालन गर्न ४ अर्ब लगानी चाहिने संस्थाले अनुमान गरेको छ । परियोजना सफल बनाउन पाण्डे एक परिवार दुई सदस्य, अन्य लगानीकर्ता थप्ने एंव पुरानै शेयर सदस्यलाई लगानी थप्न लगाउने प्रयासमा जुट्नुभएको छ भने केही लगानीकर्ता संस्थाबाट आम्दानी नहुनेदेखीपछि संस्था छोड्ने मनसाय बनाएका छन् ।
पाण्डेका अनुसार संस्थाले सहवित्तयकरण बैंकहरुबाट १ अर्ब ५२ करोड ४८ लाख रुपैयाँ तथा अन्य बैंक, व्यक्ति एंव सहकारीबाट १७ करोड ६२ लाख ऋण लिएको छ । संस्थाले मेडिकल कलेज चलाउन सम्बन्धन पाउन नसकेपछि संस्था बचाउन समेत हम्मेहम्मे परेको उहाँको भनाई छ । संस्थाले अहिले वार्षिक २० करोडमात्रै ऋण तिर्दै आएको छ । गत पुसदेखि संस्थाले ब्याज तिर्न नसकेपछि नेपाल राष्ट्र बैंकबाट ब्याज पूँजीकरण गर्न पाउने स्वीकृति लिई ब्याजसमेत पूँजीकरण गरेर संस्थालाई कालोसचिमा जानबाट बचाएको अध्यक्ष पाण्डेले बताउनुभयो । संस्थाले सदस्य संख्या बढाएर एंव सदस्यको लगानी बढाएर भएपनि परियोजना पूरा गर्ने सोच अघि सारेको छ ।
सम्बन्धन नपाउनु र बैंकसँग थप ऋण माग्न सक्ने अवस्था नरहेकाले झन् पछि झन् संस्था समस्यामा पर्दै गएको संस्थाका पदाधिकारीहरु नै बताउँछन् । २०७० मंसिरमै मेडिकल कलेजको तयारी पूरा भइसकेको थियो । मेडिकल काउन्सिलले प्रारम्भीक निरीक्षण गरी रायसमेत दिइसकेको थियो । त्यस्तै त्रिभुवन विश्वविद्यालयले १० करोड रुपैयाँ बैंक खाता माग गरी निरीक्षणका लागि सूचनासमेत जारी गरीसकेको थियो तर पनि संस्थाले मेडिकल कलेजका लागि हालसम्म पनि स्वीकृति पाउन सकेको छैन् । त्रिभुवन विश्वविद्यालय ईन्ष्च्यिुट अफ मेडिसिनले स्वीकृति दिन नमानेपछि संस्थाले मेडिकल कलेजका लागि हालसम्म स्वीकृति पाउन सकेको छैन् । कलेजको सम्बोधन रोक्नेगरी चिकित्सा शास्त्रका प्रमुख डा गोबिन्द केसी ज्यानको बाजी नराखी आमरण अनसनमा बसेपछि संस्थाले कलेज सञ्चालन गर्न सम्बन्धन पाउन नसेको हो ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले २०७१ कार्तिक १४ गते विद्या परिषदको १ सय ६९ औं बैठकले चिकित्सासम्बन्धी राष्ट्रिय नीति तयार नहुदाँसम्म सम्बन्धन दिन नसकिने प्रधानमन्त्रीलाई सिफारिस ग¥यो । उक्त बैठकले एक उच्चस्तरीय समिति गठन गर्ने र नीति तयार नभएसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धन प्रक्रिया अघि बढाइएको भए यथास्थितीमा राख्न निर्देशन दिन प्रधानमन्त्रीलाई सिफारिस गरेसँगै उक्त संस्थाको लगानी झन् अन्यौलमा परेको छ ।
संस्थामा १ लाख ५१ हजारदेखि २० लाख ५१ हजारसम्म सदस्यले लगानी गर्न सक्ने प्रावधान छ । त्यस्तै संस्थागतरुपमा –फरक विषयका अन्य सहकारी संस्था, कम्पनी अथवा कुनै पनि संस्थाले शेयर खरिद गर्न चाहेमा व्यक्तिले खरिद गर्न पाउने अधिकतम २० लाख ५१ हजारको पाँच गुणा १ करोड ५१ लाखसम्म लगानी गर्न पाउने संस्थाले नियम बनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
