२१ कात्तिक २०८३, शनिवार

सहकारीले सुरु गर्यो चिया उत्पादन

२०७२ साउन ३, आईतवार
सहकारीले सुरु गर्यो चिया उत्पादन

झापा । साना किसान कृषि सहकारी संस्था, पृथ्वीनगरले निर्माण गरेको हरियो चिया प्रशोधन कारखानाले चिया उत्पादन सुरु गरेको छ ।

नेपाल सरकारको तीन करोड १० लाख अनुदान पाएर निर्माण सम्पन्न भएको सो कारखानाले चिया उत्पादन सुरु गरेको हो । कारखानाले अहिले दैनिक १५ हजार किलोग्राम हरियो पत्तीबाट चिया उत्पादन गरिरहेको संस्थाका अध्यक्ष देवी कोइरालाले जानकारी दिए । गत वर्षको वैशाख महिनाबाट नै परीक्षण उत्पादन सुरु गरेको कारखानाले अहिले नियमित चिया उत्पादन गर्दै आएको छ ।

सदस्यको तीन करोड र अन्य संस्थाको एक लाख ४० हजारसहित छ करोड ११ लाख ४० हजारको लागतमा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय