२१ कात्तिक २०८३, शनिवार

५० टन जस्तापाता उपहार

२०७२ असार २६, शनिवार
५० टन जस्तापाता उपहार

काठमाडाैं । भारत सरकारले पीडितको पुनर्वास र पुनर्निर्माणको लागि ५० टन स्टीलका उच्चस्तरीय जस्तापाता उपहार स्वरुप प्रदात गरेको छ । उपलब्ध गराइएका जस्तापाता करिब ४५ लाख नेपाली मूल्य बराबरको भएको भारतीय दूताबास काठमाडौंले जनाएको छ । ती जस्तापाता भारत सरकारको स्टिल अथोरीटी अफ इण्डिया लिमिटेडले उत्पादन गरेको हो ।

जस्तापाता अस्थायी आवास निर्माणको लागि उपयोगी हुने दूताबासले विश्वास गरेको छ । सुरु भएको वर्षायाममा भूकम्प प्रभावित जिल्लाहरुको लागि जस्तापाता अत्यन्त आवश्यक भैरहेका बेला उक्त सहयोग ठूलो राहत हुने अपेक्षा गरिएको छ ।

शुक्रबार सिंहदरवारमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजीत रायले उक्त जस्तापाता आयात सम्बन्धि कागजपत्र नेपाल सरकारका गृहसचिवलाई हस्तान्तरण गरेका छन् । नेपालमा आइलागेको विपत्तिमा नजिकको छिमेकीका नाताले भारतले देखाएको तत्परता अन्य मुलुककोभन्दा उल्लेख्य रहँदै आएको छ ।

अभिलेख

लोकप्रिय