नेप्सेमा पाँच अङ्कको वृद्धि
काठमाडौं । गत साता सामान्य सुधार भएको नेप्से यो साताको पहिलो दिनको तुलनामा ५.४१ अङ्कले बढेको छ ।
गत साता नेप्से ०.९६ अङ्कले बढेको थियो । यो साता परिसूचक ९४३.४३ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका सात हजार ४७९ कारोबारबाट रु एक अर्ब २८ करोड ३६ लाख २९ हजार बराबरका ३६ लाख ३८ हजार २७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
कारोबार रकममा गत साताको भन्दा १९.४१ प्रतिशत कमी आएको छ । गत साता १६६ कम्पनीका नौ हजार ४६९ कारोबारबाट रु एक अर्ब ५९ करोड ३६ लाख १५ हजार बराबरका ३१ लाख १५ हजार १९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यो साता ‘क’ वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.२ अङ्कले बढेर २००.७१ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा नबिल बैंक संस्थापक अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा छ । त्यसैगरी, कारोबार सङ्ख्याका आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
