इजरायलबाट फर्किएका किसानलाई अनुदान
झापा । कृषि तथा पशुसम्बन्धी तालिम लिई इजरायलबाट फर्किएका मध्ये झापाका ४३ जना किसानलाई सरकारले अनुदान दिने भएको छ ।
कृषि र पशुपालनसम्बन्धी व्यवसाय सञ्चालन गर्न किसानलाई जनही एक/एक लाखका दरले अनुदान रकम दिन लागिएको हो । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत शालिग्राम भट्टराईका अनुसार ३९ जना किसानले कृषि तथा चारजनाले पशु व्यवसाय सञ्चालनका लागि रकम पाउने छन् ।
साना किसान विकास बैंक र साना किसान कृषि सहकारी संस्थामार्फत छनोट भएर तालिममा सहभागी भएका किसानलाई स्वदेशमै उद्यम सञ्चालन गर्न सो रकम प्रदान गर्न लागिएको हो ।
सरकारले केही दिनभित्रै छनोटमा परेका किसानको व्यवसायको स्थलगत अवलोकन गरी रकम प्रदान गर्ने भट्टराईले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
