मेगा सहकारीकाे ३१ लाख लुट्ने कञ्चनपुरबाट पक्राउ
काठमाडौ । यति डेभलपमेन्ट बैंकका कर्मचारीलाई गोली प्रहार गरी रकम लुटेर फरार भएकामध्येका एक लुटेरालाई प्रहरीले कञ्चनपुर जिल्लाबाट पक्राउ गरेको छ ।
२०७१ वैशाख १५ गते पोखराको न्युरोडमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्थाबाट रकम निकालेर यति डेभलपमेन्ट बैंकमा जम्मा गर्न लैजाँदै गर्दा बैंकका कर्मचारी भगवान् बराललाई गोली प्रहार गरी रकम लिएर फरार भएका मध्येका एक लुटेरा रोल्पा जिल्ला घोडागाउँ गाविस निवासी विकल्प भन्ने विजय केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
केसीविरुद्ध सोमबार कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले उक्त घटनाका योजनाकार सुशीलकुमार दुलाललाई गत वर्षको मङ्सिर १४ गते हातहतियारसहित पोखराको खहरेबाट पक्राउ गरिसकेको थियो ।
केसीले सहकारीबाट ३१ लाख ४२ हजार झिकेर बैंकमा जम्मा गर्न लैजाँदै गर्दा बराललाई सहकारी रहेको भवनको भुइँतलामा गोली प्रहार गरी रकम लुटेका थिए ।
उनले २०७० भदौ २८ गते पनि नयाँ बजारको कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्थामा जम्मा गर्न चिप्लेढुङ्गामा रहेको एपेक्स बैंकबाट रु नौ लाख झिकेका सहकारी संस्थाका कर्मचारी शालीग्राम पौडेललाई पनि डर धम्की देखाई लुटेका थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार