२१ कात्तिक २०८३, शनिवार

दश सहकारीको दर्ता खारेज, नौवटा प्रक्रियामा

२०७२ असार २०, आईतवार
दश सहकारीको दर्ता खारेज, नौवटा प्रक्रियामा

मोरङ । डिभिजन कार्यालय मोरङले विगत केही वर्षदेखि निष्क्रिय रहेका दशवटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख दिलशेर राईका अनुसार, कारोबार तथा लेखापरीक्षण नगर्ने सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

दर्ता खारेज गरिएका सहकारी संस्थामा मिल्स उपभोक्ता सहकारी संस्था लिमिटेड विराटनगर, त्रिपुरा कृषि सहकारी संस्था लिमिटेड अमरदह, बासिन्दा कृषि सहकारी संस्था लिमिटेड मृगौलिया, मातृभूमि कृषि उत्पादक तथा प्रशोधन सहकारी संस्था लिमिटेड बाहुनी, लक्ष्मी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड हरैचा रहेका छन् । त्यस्तै हरित कृषि सहकारी संस्था लिमिटेड कटहरी, सुरक्षित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड शनिश्चरे, शौठा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड सिजुवा, हिमगिरी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मोतीपुर र राजारानी जडीबुटी सहकारी संस्था लिमिटेड भोगटेनी रहेको राईले जानकारी दिए ।

डिभिजन प्रमुख राईले थप नौवटा सहकारीसमेत दर्ता खारेजीको प्रक्रियामा रहेको जानकारी दिए । गत चैतमा सहकारी डिभिजन कार्यालय मोरङले निष्क्रिय रहेका एक दर्जन सहकारी संस्थाको दर्ता खारेज गरेको थियो ।

अभिलेख

लोकप्रिय