२१ कात्तिक २०८३, शनिवार

कोअपरेटर्स एलाइन्सका कार्यसमितिलार्इ स्वागत, सहकारी क्रियाकलापलाई लोकतन्त्रसँग जोड्नुपर्छ– मन्त्री निधि

२०७२ असार १९, शनिवार
कोअपरेटर्स एलाइन्सका कार्यसमितिलार्इ स्वागत, सहकारी क्रियाकलापलाई लोकतन्त्रसँग जोड्नुपर्छ– मन्त्री निधि

काठमाडौं । सहकारी क्रियाकलापलाई लोकतन्त्रसँग जोड्नुपर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले बताएका छन् ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले ‘नेसनल कोअपरेटर्स एलाइन्स नेपाल’का नवनिर्वाचित कार्यसमितिको स्वागतका लागि शनिवार आयोजना गरेको कार्यक्रममा मन्त्री निधिले सहकारी सिद्धान्तअनुसार हुने जनताको सहभागिताले मात्र लोकतन्त्रको दिगो विकास हुने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सहकारी विभागका प्रमुख बालकृष्ण खाणले सहकारी आन्दोलनलाई मर्यादित र सशक्त रूपमा अघि बढाउन सके उत्पादन र रोजगारी वृद्धि हुने बताए ।
राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका उपाध्यक्ष तथा सभासद् ओमदेवी मल्लले सहकारीमा आबद्ध सबै तहका सदस्यले आआफ्नो जिम्मेवारी बोध गरी सहकारीको उद्देश्य हासिल गर्न लाग्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा काँग्रेस भक्तपुरका सभापति गणेशमान चक्रधर, प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, एलाइन्सका अध्यक्ष डिल्लीराम तिवारी, सहअध्यक्ष सुरेन्द्रराज भण्डारी, महासचिव चन्द्रप्रसाद ढकाललगायतले सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन एलाइन्सको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिए ।

अभिलेख

लोकप्रिय