८ असार २०८३, सोमबार

नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृतमा सापकोटा

२०७२ असार १९, शनिवार
नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृतमा सापकोटा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले शिवजी सापकोटालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

सहकारी क्षेत्रमा १७ वर्ष विभिन्न जिम्मेवारीमा प्रत्यक्ष संलग्न हुँदै आएका सापकोटा नेफ्स्कूनमा विगत २०६३ साल देखि कार्यरत थिए । उनले समाजशास्त्रमा स्नातकोत्तर, अंग्रेजीमा स्नातक गरेका छन् । त्यस्तै जनप्रशासनमा स्नातकोत्तर गर्दैैछन् ।

बचत तथा ऋण सहकारी संस्थाको विकासका लागि एशियाली ऋण महासंघ, थाइल्याण्डबाट सञ्चालित विकास प्रशिक्षकको उपाधि प्राप्त सापकोटाले यस क्षेत्रमा दर्जनौ अन्तराष्ट्रिय तालिम, कार्यशाला तथा अवलोकनहरुमा भाग लिएका छन् ।

अभिलेख

लोकप्रिय