२१ कात्तिक २०८३, शनिवार

सहकारी अध्यादेश संसद्मा प्रस्तुत

२०७२ असार १६, बुधबार
सहकारी अध्यादेश संसद्मा प्रस्तुत

काठमाडौं । व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ प्रस्तुत भएको छ ।

प्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारणमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संसदीय मामिला तथा संविधानसभा मन्त्री नरहरि आचार्यले सहकारी अध्यादेश संसदमा प्रस्तुत गरेका हुन् ।

यो अध्यादेश संसदमा प्रस्तुत गरेको ६० दिन भित्र पारीत गरिसक्नु पर्ने वैधानिक प्रावधान छ । सरकारले गत बैशाख २४ देखि शुरु भएर ३० बैशाखमा अन्त्य गरिएको विशेष अधिवेशनमा यि अध्यादेश प्रस्तुत गरेन । त्यहि अधिवेशनमा प्रस्तुत गर्ने तयारी गरिएपनि सत्तारुढ दल एमालेको असहमति पछि प्रस्तुत गरिएको थिएन । एमालेले सहकारी सम्बन्धि विधेयकको मस्यौदा तयार रहेकाले अध्यादेश मार्फत शासन गर्न नहुने तर्क गरेका थिए । स्रोतका अनुसार एमालेका सहकारीहरुको संख्या ज्यादा रहेको र सहकारीलाई निश्चित दायरमा सिमित गर्ने गरी अध्यादेश आएका कारण उसले विरोध जनाएको हो ।

अभिलेख

लोकप्रिय