२१ कात्तिक २०८३, शनिवार

कञ्चनपुर र डडेल्धुराका ८५ सहकारी कारबाहीमा

२०७२ असार १५, मङ्गलबार
कञ्चनपुर र डडेल्धुराका ८५ सहकारी कारबाहीमा

कञ्चनपुर । डिभिजन सहकारी कार्यालय महेन्द्रनगरले वार्षिक लेखा परीक्षण नगरी कारोबार सञ्चालन गर्ने सहकारी संस्थामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
लेखा परीक्षणका लागि कार्यालयले गरेको आग्रहलाई बेवास्ता गर्ने कञ्चनपुर र डडेल्धुराका ८५ सहकारी संस्थामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको डिभिजन सहकारी कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर खातीले जानकारी दिए ।
लेखा परीक्षण नगर्ने, साधारणसभा नगर्ने, मासिक विवरण नबुझाउने कञ्चनपुरका ४३ र डडेल्धुराका ३२ सहकारी संस्थाको छानबिन प्रक्रिया अगाडि बढाइएको कार्यालय प्रमुख खातीले जानकारी दिए ।
“असार मसान्तसम्म विवरण नबुझाउने सहकारीमाथि सहकारी ऐनअनुसार कारबाही हुन्छ” – उनले भने । सहकारी ऐन, २०४८ सहकारी नियमावली–२०४९ अनुसार लेखा परीक्षण नगर्ने सहकारीलाई कारबाही गरिने प्रावधान छ । यसैगरी सहकारी दर्ता, अनुगमन तथा नियमन मापदण्ड–२०६८ मा मापदण्ड मिच्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने प्रावधान छ ।

अभिलेख

लोकप्रिय