जनमिलन सहकारी चोरी गर्ने तीन अभियुक्त पक्राउ
काठमाडौं । भूकम्पको मौका छोपी सामाखुशी चोकमा संचालित जनमिलन सहकारी संस्थाबाट नगद सात लाख एक सय ७० रुपैंया र सुनका विभिन्न गरगहना अन्दाजी ४३ तोला भएको सेफ समेत चोरी गर्ने तीन जना अभियुक्त पक्राउ परेका छन् ।
उनीहरुले गत बैशाख १३ गते चोरी गरेका थिए । पक्राउ पर्नेमा नुवाकोट, ९ भाल्चे स्थाई ठेगाना भई हाल सामाखुशी बस्ने मेक लाल तामाङ्ग, काठमाडौं टोखा ४ झोरका सुनिल तामाङ्ग र नवलपरासी प्रगतीनगर ९, कुनाघाट स्थाई गर भई हाल सामाखुशी बस्ने वाहुन भन्ने मनिराज काफ्ले रहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । चोरीएको सेफ टोखा २ शिवपुरी जङगलमा लगी सेफ भित्र रहेको धनमाल लिई फोडिएको सेफ वौडेपानी मुहानको दहमा लुकाई राखेको अवस्थामा महानगरीय अपराध महाशाखाले बरामद गरेको हो ।
साथै उक्त घटनामा संलग्न सुनिल तामाङ्ग यस अघिनै अपराध महाशाखाले पक्राउ गरी अवैध हातहतियार तथा खरखजाना मुद्धामा अनुसन्धान भईराखेको र अर्का अभियुक्त वाहुन भन्ने मनिराज काफ्ले ज्यान मार्ने उघोग तथा हातहातियार खरखजाना मुद्धामा चितवनमा पक्राउ भईअनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान तथा फरार रहेका अभियुक्तको खोजी कार्य जारी रहेको महाशाखाबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
