सदस्यलाई व्यवसायीक बनाउँदै विकू सहकारी, १२५ जनालाई व्यवसायीक तथा शिपमुलक तालिम
नवलपरासी । विकू बचत तथा ऋण सहकारी संस्थाले बैशाख ३० गतेदेखि सदस्यलाई संचालन गरेको व्यवसायीक तथा शिपमुलक तालिम शनिवार समापन गरेको छ । संस्थाले सदस्यहरुलाई ४५ दिने ग्रामीण कृषि कार्यकर्ता तालिम र ३५ दिने सामुदायिक पशु स्वास्थ्य कार्यकर्ता तालिम संचालन गरेको थियो ।
संस्थाको वार्षिक कार्यक्रम अनुसार आफ्ना सदस्यलाई व्यावसायिक बनाई आत्मर्निभर बनाउने उद्देश्यले फरक फरक विषयका ५ वटा निशुल्क सिपमुलक तालिम संचालन गरेको थियो । व्यावसायिक तथा सिपमुलक तालिम केन्द्र बुटवल संगको साझेदारी तथा आईडियल ईन्जिनियरिङ्ग एण्ड कस्ट्रक्सन सर्भिसेजको प्राविधिक सहयोगमा उक्त तालिम संचालन गरिएको थियो ।
गैंडाकोट, मुकुन्दपुर, अमरापुरी, कावासोती, डण्डा क्षेत्रबाट गरि एक सय २५ जना सदस्यलाई विकू बचतले निशुल्क रुपमा यो तालिम प्रदान गरेको थियो । मुकुन्दपुर, अमरापुरी र कावासोती गरि ५ वटा फरक फरक स्थानमा ५ वटा तालिम संचालन गरिएको थियो ।
जिल्ला कृषि विकास कार्यालय नवलपरासीका वरिष्ठ कृषि विकास अधिकृत श्री तेज नारायण गैरेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष श्री हरिलाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सञ्चालक एवं कार्यक्रम संयोजक श्री ओमप्रसाद सापकोटाले स्वागत गर्नु भएको थियो ।
सहभागीहरुलाई प्रमाण पत्र वितरण पश्चात कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय नवलपरासीका वरिष्ठ कृषि विकास अधिकृत श्री तेज नारायण गैरेले सदस्यहरुको व्यावसायिकता वृद्घिका लागी विकूले गरेको यस किसिमको कदमको प्रशंसा व्यक्त गरे । तालिम प्राप्त व्यक्तिहरुलाई उद्यमशिलता वृद्घिका लागी जिल्ला कृषि विकास कार्यालयले पनि सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड तथा विकू बचतका संचालक इन्द्र्रराज ज्योति पौडेलले कृषि तालिम पश्चात अरु धेरै नगरे पनि सर्वप्रथम आफ्नो घरको लागी त्यस पछि छरछिमेकमा मात्र भएपनि खाद्यान्न तथा तरकारी उत्पादन गर्न सके पनि तालिमको उपलब्धि मानिने धारणा व्यक्त गरे । यसैगरि संस्थाका अध्यक्ष हरिलाल सापकोटाले सुखमय जिवनका लागि शिप आवश्यक पर्ने भएकाले विकूले विभिन्न समयमा फरक फरक प्रकृतिका तालिमहरु सञ्चालन गरिरहेको बताए । व्यवसायीक तथा शिप मुलक तालिमका माध्यमवाट आफ्ना सदस्यहरुलाई आत्मनिर्भर बनाउने अभियानमा विकू रहेको समेत स्पष्ट पारे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
