१५ असारमा संसदको अधिवेशन
काठमाडौं । संसदको अधिवेशन असार १५ गते हुने भएको छ । राष्ट्रपति डा रामवरण यादवले विहीबार प्रधानमन्त्रीको सिफारिसमा यही असार १५ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका हुन् ।
अन्तरिम संविधान–२०६३ को धारा ५१ को उपधारा (१) बमोजिम व्यवस्थापिका–संसद्को अधिवेशन उक्त दिन अपराह्न ३ बजेका लागि आह्वान गरेकाे हाे ।
प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्य र मुख्यसचिव लीलामणि पौड्यालले बुधबार राष्ट्रपतिसमक्ष अधिवेशन आहृवानको सिफारिसपत्र प्रस्तुत गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
