२१ कात्तिक २०८३, शनिवार

अन्तर्राष्ट्रिय दाता सम्मेलन शुरु

२०७२ असार १०, बिहिबार
अन्तर्राष्ट्रिय दाता सम्मेलन शुरु

काठमाडाैं । अन्तर्राष्ट्रिय दाता सम्मेलन राजधानीको सोल्टी होटलमा सुरु भएको छ । नेपालको राष्ट्रिय गीत बजाएर सम्मेलन सुरु भएको हो । राष्ट्रिय गीतपछि भूकम्पमा ज्यान गुमाउनेहरुप्रति श्रद्धन्जलिस्वरुप एक मिनेट मौन धारण गरिएको छ ।

सम्मेलनमा बिभिन्न देश र दातृ निकायका करीव २६० प्रतिनिधि सहभागी छन् । सम्मेलनको उद्घाटन मन्तव्य प्रधानमन्त्री शुसील कोइरालाले दिएपछि अर्थमन्त्री डा.रामशरण महतले सम्मेलनको बारेमा मन्तव्य दिनेछन् ।

सम्मेलनकाे दोस्रो सत्रमा योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले विपतिपछिको आवश्यकता मुल्यांकन प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा भारतले करीव १ खर्बको आर्थिक सहायता घोषणा गर्दैछ भने चीनले ७२ अर्बको सहयोग घोषणा गर्न लागेको छ । जापानले पनि २५ अर्ब बढिको आर्थिक सहयोग घोषणा गर्दैछ ।

अभिलेख

लोकप्रिय