२१ कात्तिक २०८३, शनिवार

१५ असारमा संसदको अधिवेशन

२०७२ असार १०, बिहिबार
१५ असारमा  संसदको अधिवेशन

काठमाडौं । संसदको अधिवेशन असार १५ गते हुने भएको छ । राष्ट्रपति डा रामवरण यादवले विहीबार प्रधानमन्त्रीको सिफारिसमा यही असार १५ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका हुन् ।

अन्तरिम संविधान–२०६३ को धारा ५१ को उपधारा (१) बमोजिम व्यवस्थापिका–संसद्को अधिवेशन उक्त दिन अपराह्न ३ बजेका लागि आह्वान गरेकाे हाे ।

प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्य र मुख्यसचिव लीलामणि पौड्यालले बुधबार राष्ट्रपतिसमक्ष अधिवेशन आहृवानको सिफारिसपत्र प्रस्तुत गरेका थिए ।

अभिलेख

लोकप्रिय