२१ कात्तिक २०८३, शनिवार

सहकारी संघकी उपाध्यक्ष ओमदेवी मल्ल किन रिसाइन् ?

२०७२ असार ८, मङ्गलबार
सहकारी संघकी उपाध्यक्ष ओमदेवी मल्ल किन रिसाइन् ?

काठमाडौं । राष्ट्रिय सहकारी संघकी उपाध्यक्षसमेत रहेकी कांग्रेस सभासद ओमदेवी मल्लले आफ्ना विषयमा आएका नकारात्मक टिकाटिप्पणी र प्रेम अफेयरका विषयमा चिन्ता जनाएकी छिन् ।
उपाध्यक्ष मल्लले आफ्ना विषयमा आएका समाचारहरूप्रति आक्रोश जनाउँदै हुँदै नभएका समचार नलेखन आग्रह गरेकी छन् । मल्लले विज्ञप्ति जारी गरेर नेपाल प्रहरीका एसपी केदार ढकालसँग हनिमुन मनाएको भन्ने समाचारहरूको खण्डन गरेकी हुन् ।
अधिकांश सभासद्हरू भूकम्पपीडित जनतालाई राहत वितरण र टहरा निर्माणमा व्यस्त रहेका बेला कांग्रेसको समानुपातिकतर्फबाट सभासद् बनेकी मल्ल हनिमुनमा व्यस्त रहेको भन्ने समाचार विभिन्न साप्ताहिक पत्रिका र अनलाइनहरूमा सार्वजनिक भएपछि आक्रोशित भएकी थिइन् ।
उनले नेपाल प्रहरीका एसपीसँगैको पुरानो फोटो राखेर समाचार प्रशारण गरी चरित्र हत्या गरेको आरोप समेत लगाएकी छिन् ।
यसअघि उनीविरुद्ध आएको समाचारबाट
पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेकी सभासद् मल्लले नेपाल प्रहरीका एसपी केदार ढकालसँग दोस्रो बिहे गरेको समाचार स्रोतको दाबी छ । पहिलदेखि नै गोप्य रुपमा सँगै बस्दै आएपनि केही महिनायता उनीहरुको सम्बन्ध सार्वजनिक भएको थियो । एसपी ढकालको फेसबुकवाल केहीदिन ओमदेवीसँग घुमघामका तस्विरले भरिएका थिए । तस्बिरले नै उनीहरुबीचका सम्बन्धबारे धेरै कुरा बोल्छ ।
Omdevi

अभिलेख

लोकप्रिय