२१ कात्तिक २०८३, शनिवार

हातेमालोको टोली निर्माण सामाग्रीसहित दोलखामा

२०७२ असार ६, आईतवार
हातेमालोको टोली निर्माण सामाग्रीसहित दोलखामा

दोलखा । हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमरा बाराको टोली विनाशकारी भूकम्पबाट अति प्रभावित विकट हिमाली जिल्ला दोलखामा एक ट्रक बांस र निर्माण सामाग्रीसहित विभिन्न गांऊ पुगेको छ ।

भूकम्पका कारण यस वर्षको स्थापना दिवस स्थापना दिवस स्थगित गरेर संस्थाका अध्यक्ष कृष्ण पौडेलको नेतृत्वमा रहेको टोलीले दोलखाको विभिन्न गांऊ पुगी निर्माण सामाग्रीसहित पुनर्निमाण अभियानमा ऐक्यवद्धता जनाएको हो । संस्थाले दोलखामा छ विद्यालय, एक प्रहरी चौकी र २० सर्वसाधारणलाई अस्थायी भवन बनाउन दुई लाख रुपैया बराबरको सहयोग गरेको छ ।

टोलीले सीतापाइला उच्च माध्यमिक विद्यालय जफे, महेन्द्रोदय उच्च मावि माटी, बुढाभिमसेन मावि धर्मघर, कालिञ्चोक उमावि चरिकोट, कुटिडाडा उमावि मकैवारी, माथिल्लो माटी निमावि माटी, प्रहरी चौकी किरातीछांप र तामाकोशीका भूकम्प र अग्निपिडित वीस घरपविारलाई एक हजार बांस, डोरी, कांटीलगायत निर्माण सामाग्री उपलव्ध गराइएको हो ।

अभिलेख

लोकप्रिय