‘पोयमान्डु’को २७ औं शृंखला भूकम्प विशेष
काठमाडौं । पोयमाण्डूको २७ औं शृङ्खलामा बिहीबार दर्शकले भूकम्पीय पीडाका कविता सुन्न अवसर पाएका छन् ।
न्यूरोड स्थित नेपाल भारत पुस्तकालयमा भारतीय दूतावास तथा बीपी कोइराला नेपाल भारत प्रतिष्ठानले आयोजना गरेको ‘पोयमान्डु’को यो शृंखला भूकम्प विशेष बनेको थियो । १२ र २९ गते गएको शक्तिशाली भूकम्पपछि रोकिएको मासिक कविता वाचन कार्यक्रम बिहिबारबाट सुरु गरिएको हो ।
भूकम्पको पराकम्पन आउने क्रम अझै पनि जारी रहेको र भूकम्पीय त्रास अझै कम नभएकाले कार्यक्रममा भूकम्पीय कविता वाचन गरिएको दूतावासका प्रथम सचिव अभय कुमारले बताए । कार्यक्रममा ११ जना कविहरुले कविता वाचन गरेका थिए । उनीहरुले नेपाली र हिन्दी भाषामा कविता वाचन गरेका थिए । कविहरुले भूकम्पीय त्रासलाई कवितामा उतारका थिए ।

कार्यक्रममा प्रकाश सायमी, डा. तारानिधि भट्टराई, डा. शुनिल बाबु श्रेष्ठ, जगदीश्वर पोखरेल, गीता खनाल, जयन्ता पोखरेल, ब्रह्मपिया प्रेमस्वरूप, जयन्ती थापा सिलवाल, सन्त कुमार वस्ती, कष्ण जंग राणा, मिथिला प्याकुरेलले आ–आफ्ना कविता सुनाए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
