२१ कात्तिक २०८३, शनिवार

बचत तथा ऋण सहकारीमा एकै किसिमको व्याजदर बनाउने तयारी

२०७२ असार ३, बिहिबार
बचत तथा ऋण सहकारीमा एकै किसिमको व्याजदर बनाउने तयारी

सिमरा । बचत तथा ऋण सहकारीमा एकै किसिमको व्याजदर बनाउने तयारी भएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष ऋषिराज घिमिरेले बताएका छन् ।

सहकारीको संख्यात्मक वृद्धिसंगै जोखिम पनि बढिरहेको बताउँदै उनले बचत तथा ऋण सहकारीको एउटै रंग, लोगो, साइनबोर्ड, नीति तथा पद्धति बनाउने तयारी भएको बताए । बुधबार सिमरास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सवको अवसरमा मन्तव्य राख्दै घिमिरेले सहकारीले मुलुकको अर्थतन्त्र चलायमान र गतिशिल बनाई रहेको दाबी गरे ।

कार्यक्रममा बोल्दै संघका सञ्चालक कृष्ण पौडेलले संविधान बन्ने सम्भावनाले आम नागरिक खुशी भएको बताउदै सहकारीमैत्री संविधान बनाएर आर्थिक समृद्धि र सामाजिक एकताका लागि सहकारीहरुको भूमिका स्थापित गर्न माग गरे ।

अभिलेख

लोकप्रिय