२१ कात्तिक २०८३, शनिवार

जनकल्याण सहकारीको १३ औं वार्षिकोत्सव

२०७२ असार ३, बिहिबार
जनकल्याण सहकारीको १३ औं वार्षिकोत्सव

सिमरा । जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सव मनाएको छ ।

संस्थाले वार्षिकोत्सवको अवसरमा संस्था स्थापना र सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका भन्दै तत्कालिन गाविस सचिव स्व. चन्द्रप्रसाद पन्त, तात्कालिन संस्था सहायक विष्णु घिमिरे, सञ्चालक रामप्रसाद सिलवाल लगायतलाई सम्मान गरेको थियो ।

त्यसैगरी जेष्ठ सदस्यको रुपमा ८९ वर्षीय मानबहादुर थापा र ७३ वर्षीय टिकामाया लम्साल, उत्कृष्ट कारोवारकर्ताको रुपमा सेसुमाया तामाङ, कृष्ण फुंयाल, प्रविना श्रेष्ठ, ओमशान्ति बचत समूहलाई सम्मानित गरिएको छ ।

त्यस्तै उत्कृष्ट विद्यार्थीतर्फ सिमरा उच्च माविका छात्रा स्वस्तिका सुन्दास, सरस्वती निमावि दशबिघाहाका पवन भट्टराई, बजनी निमाविका रोशनी लामिछानेलाई पनि सम्मानित गरिएको छ । १३ वर्ष अघि स्थापना भएको जनकल्याणमा हाल ११ सय सदस्यहरुवीच चार करोडको कारोवार गरिरहेको छ ।

अभिलेख

लोकप्रिय