सामाजिक संजालमा सहकारी भूकम्प
– खिला दाहाल / वैशाख १२ गतेको विनासकारी भूकम्प र त्यस पछिको पराकम्पन झेल्न गाह्रो भएको राष्ट्रिय सहकारी संघले यतीखेर अर्को फेस्बुक स्ट्याटसको झड्का झेलीरहेको छ । अहिले सहकारी क्षेत्रमा भूकम्पलाई विर्साउने फेसवुक स्टाटस् भाइरसझैं फैलिएको छ । जुन सहकारीको मा्उ निकाय, राष्ट्रिय सहकारी संघलाइ केन्दविन्दु वनाएर विष्फोट भएको जिल्ला सहकारी संघ काठमाण्डौंको कम्पनका तरंगले केही सहकारीकर्मीहरुलाई राम्रैसँग हल्लाएको छ । कुरोको चुरो नखुले पनि राहत वितरणको चटन टुक्रिएपछि जिल्ला सहकारी संघ काठमाडौं र राष्ट्रिय सहकारी संघका दुई प्लेटको मिलन हुन नसक्दा पराकम्पन गइरहेको सहकारीकर्मीहरुको अनुमान छ ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले जिल्ला संघले राष्ट्रिय सहकारी संघको सदयता त्याग्ने फेसवुक स्ट्याटसले यतीखेर सहकारी वजारमा ८ रेक्टर स्केलको भूकम्प ल्याएको छ । स्ट्याटसमाथि सहकारीका गन्ने मान्ने अनुहारहरुले नै कमेन्ट गर्न भ्याएका छन् र यीनै विभिन्न कृया प्रतिकृयाहरु लाई हेरेर हालको नेपालको सहकारी क्षेत्रको अनुहार देख्न सकिन्छ र अनुमान लगाउन सकिन्छ की नेपालको सहकारी अभियान र सहकारीका अगुवाहरुका वारेमा । स्ट्याटसमा किन र के का लागि जस्ता जिज्ञाशा सल्लाह सुझावका साथै एक अर्का प्रति आरोप प्रत्यारोपका शब्दहरु मनको पिडा र आक्रोशकारुपमा बग्रेल्ती बगेका छन् ।
फेसबुक जस्ता सामाजिक संजालमा यस्ताखाले स्ट्याटस आउनु र त्यसमा कृया प्रतिकृया आउनु सामान्य हो तर त्यसको असरवारे ख्याल गर्नु पनि जरुरी छ । एउटा जिम्मेवार संस्थाको जिम्मेवार पदमा रहेका व्यक्तीको यस प्रकारको अभिव्यक्ती सामाजिक संजालमार्फत ब्यक्त हुनु र त्यसैलाइ आधार वनाएर प्रतिकृयाको नाममा स्यालले कुखुरा झम्टे झै आक्रोशका शव्दहरु झटारो हानाहान गर्नु उचित हुन्छ र ? हुनत जिम्मेवार संस्थाको जिम्मेवार पदमा रहेका व्यक्तीले वोलेका शब्दलाइ आधिकारिकता नमान्नु पनि कसरी । तर पनि यस्ताखाले विषयमा निर्णय गर्नुपर्दा त्यसका पनि कायदा कानून होलान, अध्यक्षनै सर्वोपरी हैन होला, समितिकै निर्णय हो भने किन जिल्ला सहकारी संघ काठमाण्डौंले गर्दैछ यती कठोर निर्णय । या आक्रोशमा पोखिएका शब्द मात्र हुन । यदी आक्रोशमा पोखिएका शब्द हुनभने यसले संघ र पदिय ब्यक्तीको विश्वासनै काहाँ रह्यो र । आधिकारिकता खै ? त्यसैले वोलिलाई गोलि वनाउन संघले चालेको कदमलाइ निणर्यमा पुर्याउनु पर्छ, निणर्यले भविश्यमा कस्तो असर गर्छ विचार गर्नु वेश । त्यो भन्दा महत्वपूर्ण कुरा अहिलेको समयलाई सहकारीकर्मीहरुले आफू आफूमा वाकयूद्ध गर्नुमा नखर्चेर देशमा आएको विपत्तीले विपद्मा परेका मानिसहरुलाई सहयोगी हात वढाइ सहकारीको मर्मलाइ यथार्थमा वदल्नु जरुरी छ । सवै काला, गोरा होचा,अग्ला सहकारीकर्मी एकजुट भएर अघीवढी सहकारीको उपस्थितिको स्थान खोज्ने वातावरण सिर्जना गर्नु पर्छ । सहकारी, सँगसँगैको सहकार्य हो । भाई भाई फुटे,गवार लुटे भन्ने उक्तीलाई चरितार्थ नवनाऔं भन्ने हाम्रो पनि चाहना हो । वर्तमान सहकारी मासिकबाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार