२१ कात्तिक २०८३, शनिवार

सहकारीमा विद्यावारिधी गरेका ओझा सम्मानित

२०७२ असार २, बुधबार
सहकारीमा विद्यावारिधी गरेका ओझा सम्मानित

दमौली । व्यास ११ निवासी डा. अविन ओझा सम्मानित भएका छन् । ‘सामाजिक आर्थिक विकासमा सहकारीको प्रभाव’ विषयमा विद्यावारिधी गरेको भन्दै उनलाई जिल्ला सहकारी संघले मंगलबार सम्मान गरेकाे हाे ।

शोधपत्र मार्फत् तनहुँको सहकारी अभियानलाई टेवा पुर्याएको भन्दै सहकारी संघले ओझालाई सम्मान गरेको हो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष पुरुषोत्तम काफ्ले डा. ओझाको शोधपत्रले तनहुँको सहकारी अभियानलाई थप टेवा दिने बताए ।

ओझाले सहकारी अभियानलाई अझ समावेशी बनाई समाजको पिछडा वर्गको समुन्नतिको लागि महिला, दलित तथा पिछडा वर्गको सहभागिता सहकारीमा बढाउनुपर्ने बताए ।

नेपालको सन्र्दभमा सहकारी अभियान आर्थिक सशक्तिकरण, प्रजातान्त्रिक प्रणालीको अभ्यास, क्षमता अभिवृद्धि, सामाजिक समावेशिता तथा सम्बद्धतता आदिमा महत्वपूर्ण रहेको ओझाको भनाई थियो ।

अभिलेख

लोकप्रिय