किन हुन्छ संधै दोश्रो दर्जाको व्यवहार ?

– यादव हुमागाई / बैंशाख १२ गते देशमा आएको भूकम्प र त्यसपछि लगातार आइरहेको पराकम्पनमा परी अहिलेसम्म करिव ९ हजार सर्वसाधारणले ज्यान गुमाए । लाखौ नेपालीहरु घरबार विहिन भएका छन् । जाने त गईहाले, बचेकाहरुलाई के खाने, कहाँ बस्ने चिन्ताले सताएको छ । वर्षौदेखि खाई नखाई जोडेको घर भत्कपछि टाउको लुकाउने ठाउ छैन, सवैथोक गुमेसरह भएको छ । यो सयमा घरवार विहिन भएकालाई कसरी समाजमा पुर्नस्थापित गर्ने अहिलेको मुल विषय हो । उनीहरुलाई घर बनाउनका लागि आवश्यक पर्ने पैसाको जोहो कसरी गर्ने र पहिलेकै अवस्थामा कसरी फर्काउने भन्ने विषयमा पुर्नस्थापना कार्यक्रम केन्द्रीत गर्न आवश्यक छ । त्यसका लागि पहिलो आवश्यक्ता नै पैसाको जोहो हो ।
वित्तीय आवश्यक्ता भन्ने वित्तीकै पहिलो विकल्प वित्तीय संस्थाहरु हुन् । वित्तिय संस्थाहरुले नै सर्वसाधारणलाई ऋण दिन सक्छन् । घरवार विहिनहरुलाई फेरी घरमै फर्काउनका लागि उनीहरुका लागि वित्तीय जोहो गर्न वाणिज्य बैंक, विकास बैंक, फाईनान्स कम्पनी तथा बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण हुन्छ । यी संस्थाहरुले सहूलियत व्याजदरमा घर बनाउनका लागि लामो अवधिको कर्जा कार्यक्रम ल्याउन सके भूकम्प पीडितका लागि सबैंभन्दा प्रभावकारी तथा दिगो राहत हुने कुरामा कसैको पनि दुईमत नहोला । यसका लागि ग्रामीण क्षेत्रसम्म पहुँच पुगेको, सर्वसाधारणको दैनिकीसँग नजिक रहेर काम गरेका सहकारी संस्थाहरुको भूमिका अझै महत्वपूर्ण हुन्छ ।
भूकम्प पीडितको पुर्नवासका लागि बैंक तथा वित्तीय संस्थाहरुले २ प्रतिशत व्याजदरमा घरकर्जा दिने कार्यक्रम ल्याइसकेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई शुन्य व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने र बैंकहरुले उक्त कर्जा वार्षिक २ प्रतिशत व्याजदरमा लगानी गर्ने कार्यक्रम अघि बढिसकेको छ । बिडम्बना जनतासँग नजिक रहेर वित्तीय सेवा दिने सहकारीहरु भने राष्ट्र बैंकको सहूलियत कर्जा योजनामा पर्न सकेनन् । न सहकारीहरु आफैले फण्ड जम्मा गरेर भूकम्प पीडित सदस्यलाई सहूलियत व्याजदरमा लगानी गर्ने योजना ल्याएका छन् न त राष्ट्र बैंकको पुर्नकर्जा योजनामै पर्न सकेका छन् । नीति निर्माण तहमा सधै दोस्रो दर्जामा पर्ने सहकारीहरु यसपटक पनि हेपिएका छन् । राज्यले तिनखम्बे अर्थनीतिमा एक खम्बाको रुपमा सहकारीलाई समेटे पनि वास्तविक रुपमा त्यस्तो व्यवहार नभएको फेरी प्रतित भएको छ । द्धन्द्धकालमा गाउमा बैंक नभएका बेला हामीले काम गरेको भन्ने भाषण छाट्नेहरु अहिले सहकारीका सदस्यलाई यस्तो राहत दिन सक्छौं भनेर किन घोषणा गर्न सक्दैनन् ? आपत्तिमा व्याजदर घटाएर किन सहुलियतमा घर बनाउन कर्जा दिने कार्यक्रम ल्याउन सक्दैनन् ? बैंकहरुको पहुँचमा नपुगेका सर्वसाधारणलाई सहकारीले सेवा दिएको छ भन्नेहरुले बैंकबाट सहूलियत व्याजदरमा कर्जा नपाएको अवस्थामा यो सुविधा आफैले कारोबार गरिरहेको सहकारीबाट पाउँछन् ? विषय सोचनिय छ ।
स्तम्भकारले सहकारी विभागमा भएको एक कार्यक्रममा अन्तिरिम संविधानमा सहकारीलाई अर्थतन्त्रको खम्बा मानेपनि सरकारी नीति, कार्यक्रममा त्यस्तो व्यवहार नगरेको र त्यसका लागि सहकारीले पनि हैसियत बनाउन नसकेको विचार राख्दा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव प्रसाद बडालले आपत्ति जनाएका थिए । उनी निजी क्षेत्रभन्दा सहकारीको भूमिका अब्बल भएको दावी गर्थे । सरकारी व्यवहारबारेको तितो यथार्थ स्विकार्न सहकारी अभियन्ताहरुलाई ग्राहो भएपनि वास्तविकता भने यही छ । सहकारीलाई राज्यले अर्थतन्त्रको खम्बाको हैसियत दिएको छैन, सधै दोस्रो दर्जाकै व्यवहार गरिरहेको छ ।
सरकारीका आर्थिक वहस, नीति निर्माणलगायतका कार्यक्रममा निजी क्षेत्रसँग सल्लाह सुझाव लिन्छ, हातेमालो गर्छ तर अर्थतन्त्रको अर्को खम्बा सहकारीलाई भने सम्झदैन । सधै सहकारीले दोस्रो दर्जाको नै व्यवहार गरिदै आएको छ । सहकारी क्षेत्रले पनि हामी शसक्त छौं भनेर आफ्नो उपस्थिती देखाउन सकेको छैन । सहकारी क्षेत्रमा भएका गलत क्रियाकलाप, ठगीका घटनालाई अगाडी सार्दै सहकारीलाई पन्छाउने काम हुदै आएको छ । बरु आर्थिक क्षेत्रमा सहकारी अर्थतन्त्रको खम्बा होइन, यसलाई संविधानबाट हटाउनुपर्छ भन्ने बहस सुरु भएको छ, सहकारी अभियन्ताहरुको बेलैमा चेत खुलोस् । वर्तमान सहकारी मासिकबाट ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार