रजिष्ट्रार ज्यू ! सडक सहकारी केन्द्रीय संघ चाहियो, दर्ता गरी पाउँ !
– खिला दाहाल / रजिष्ट्रार ज्यू ! हामीलाई केन्द्रीय संघ चाहियो । काम गर्ने, नगर्ने पत्तो छैन । लक्ष्य थाहा छैन । अनुभव र योग्यता मिलाम्ला नी ! पहिला “सडक सहकारी केन्द्रीय संघ” दर्ता गर्नु पर्यो । हामीले संस्थागत आन्दोलन गर्नुपर्यो ।
हामी केन्द्रीय संघ, नीयामक नीकायमा ताला लगाउन सक्ने छौं । उस्तै परे सहकारी नीयामक नीकायका कर्मचारीलाई ठेगान लगाउछौं, सकभर नोटले, त्यसपछि ओठ त्यस पछि पनि नभए चोटले । हामीलाई मान्य नहुने नीति नियम जारी हुन खोजे, आन्दोलन गर्छौं । उस्तै परे हाकिमलाई सरुवा गर्न सक्ने सम्मका छौं । सबैलाई उर्दी गर्छौं सडकमा आउन, आएत ठिकै छ नआए हाम्रो विरोधी ठानी अलग पार्टीका रहेछन् भन्छौ । हाम्रो पार्टीमा आउन विभिन्न ताना वाना बुन्छौं । अभियान सबैको साझा हो, पार्टीगत भागवण्डा हुनुहुदैन यो हाम्रो सिद्धान्त पनि होनी हैन र । हामी सँग विचार मिलेन भने र सरकारी नीकाय सँग मिल्यो भने मात्रै पनि उनीहरु विरुद्ध आन्दोलन गर्छौं । तर संस्थागत हुनु पर्यो नी, सडक संघ दर्ता गर्नु पर्यो । अरुले केन्द्रीय संघ हुँदा हुँदै,जुनार,उखु, दूध, मौरी, फलफूल तरकारी, माछा, प्याज, आलु, बन्दाकोपी किनहुने । सुपारी हुने नरिवल किन नहुने, माछा हुने कुखुरा किन नहुने, चियाको हुने कफिको हुने, बचत तर बहुउद्देश्यीय हुने, उपभोक्ताको हुने जडीबुटी र विउ विजनको हुने अनी सडकको किन नहुने, उद्देश्य छुटिएन, महिला पुरुष के हो थाहा भएन भन्नु होेला । याहाँ तेश्रो लिङ्गी पनि त छन् नी । नपुंसकको किन नहुने त्यसैले सडक संघ चाहियो, उद्देश्य फरक फरक राखेपनि सबैले गर्ने त त्यही बचत त रहेछनी । प्रारम्भिक संस्था देखि जिल्ला संघ, केन्द्रीय संघ सम्म, उद्देश्य बहुउद्देश्यीय राखेपनि पैशाको दुकान न राख्ने रहेछ । किन्ने र बेच्ने किन चाहियो उद्देश्य ? हामीलाई सडक सहकारी केन्द्रीय संघ चाहियो दर्ता गरी पाउँ । तपाईलाई नी फाइदा हाम्लाई पनि फाइदा ।
दुवै तिर फाइदा हुने यो काइदाको संघ दर्ता गरी पाउँ । अब हेर्नुस, म फलानोको अध्यक्ष त्यसको सदस्य, उ त्यसको कोषाध्यक्ष, अनी त्यसको सचिव, अनी उसमा चाही सल्लाहाकार, त्यो चाही भर्खर । अनी उ चाँही मेरोमा कार्यकारी, उसकोमा सचिव, त्यसकोमा अध्यक्ष ,अनी उ त्यो पल्लोमा प्रबन्धक । अनी यिनी चाँही, मेरोमा सञ्चालक उसकोमा प्रबन्धक, यिनकोमा अध्यक्ष, उसकोमा, उपाध्यक्ष नजिकैकोमा कोषाध्यक्ष, अनी त्यो चाही मेरो भाई उसको सालो, हाम्रोमा पालै पालो । हामी सबै योग्यता र क्षमता वान पूर्ण रुपमा सक्षम, संघ दर्ता गरि पाउ । परि आउँदा अघि सरुँला, हाम्रो पायक नीति आए ठिकै छ नत्र आन्दोलन गरुँला । कहिले तपाईलाई देखाउला कहिले कस्लाई । सारै काईदा दुवैतिर फाइदा । अब राजनीति हामले घुस्न दिन्नम्, हाम्रोपार्टी बाहेक अरुलाई चान्सनै छैन घुसिहाले भने आन्दोलन गरुला ।
यसैले संस्थागत गर्न संघ दर्ता गरिदिम् । सबैको हुने हाम्रो किन नहुँने ? उद्देश्य मिलेनकी लिङ्ग छुटिएन । क्याफेमा रात्री भोज पुगेनकी, खाममा दाम ? देश विदेश घुमुम्ला, भाषण मिठा गरुला राजनीति ठाउको ठाउ सिध्याउने भन्दै कुर्लुम्ला टाउका गनेर पहिचान गरेर दोस्ती गरुँम्ला । तपाई बहाना खोज्नु होला हामी हुन्न हुन्न भनुँम्ला, दुवैलाई फाइदा । दर्ताको काँइदा सडक सहकारी केन्द्रीय संघ दर्ता गरुम त । वर्तमान सहकारी मासिकबाट ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार