२१ कात्तिक २०८३, शनिवार

भूकम्प पीडितलाई प्रकृति साकोसले दियो १,११,१११ रुपैंया

२०७२ जेठ ३२, सोमबार
भूकम्प पीडितलाई प्रकृति साकोसले दियो १,११,१११ रुपैंया

काठमाडौं । महाराजगंज, ३ स्थित प्रकृति बचत तथा ऋण सहकारी संस्था (प्रकृति साकोस)ले भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार एक सय एघार रुपैंया सहयोग रकम प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्थाका सञ्चालकहरुले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले आफू लोकतान्त्रिक संविधान, शान्ति, स्थायित्व र विकासको लागि निरन्तर लागि पर्दै आएको बताए ।

आफ्नो स्थापना कालदेखि सदस्यलाई नियमित बचत गर्न प्ररित गर्दै आएको प्रकृति सहकारी विभिन्न सामाजिक काममा समेत सक्रिय रहँदै आएको छ ।

अभिलेख

लोकप्रिय