२१ कात्तिक २०८३, शनिवार

भूकम्प पीडितलाई सहुलियत ऋण दिन सहकारी तयार

२०७२ जेठ २९, शुक्रबार
भूकम्प पीडितलाई सहुलियत ऋण दिन सहकारी तयार

काठमाडाैं । सरकारले भूकम्प पीडितलाई बैंकमार्फत सहुलियत ऋण दिने बताइरहेका बेला सहकारीले पनि ऋण दिन सक्ने भन्दै सहकारी अभियानले सरकारलाइ ध्यानाकर्षण गराएकाे छ ।

भूकम्पपीडितलाई सहकारीले सहुलियत ऋण दिन तयार रहेकाे र सहुलियत ऋणको व्यवस्था सहकारीमार्फत गर्न सहकारी अभियानले १५ दिन अघि नै अर्थ मन्त्रालयमा पत्राचार गरीसकेको छ ।

राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीमार्फत सहुलियत ऋण उपलब्ध गराउँदा वास्तविक पीडितसम्म पुग्ने जीकिर गर्दै सहकारीमार्फत ऋण दिनका लागि रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बिहीवार व्यवस्थापिका संसद्को अर्थसमिति बैठकमा बाेल्दै अध्यक्ष बडालले भने, ‘सहकारी बैंकभन्दा सक्षम र प्रभावकारी छन्, त्यसैले सहुलियत ऋण दिन हामी तयार छौं ।’

सहकारीका २ लाख सदस्य भूकम्पका कारण आवास विहीन भएका छन् ।

अभिलेख

लोकप्रिय