भूकम्पले सहकारी क्षेत्रमा पाँच अर्बको क्षति
काठमाडौं । भूकम्पका कारण सहकारी क्षेत्रमा पाँच अर्ब ४२ लाख बराबरको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा रहेको सो क्षेत्रमा विपत्तिले ठूलो क्षति पारेको र थप क्षतिको लगत सङ्कलनको क्रममा रहेकाले बढ्न सक्ने देखिएको छ ।
व्यवस्थापिका–संसद् मातहतको अर्थ समितिमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमले भूकम्प प्रभावित १४ जिल्लाका लाखाैं सहकारीकर्मी पीडित भएको बताए ।
कुल १३ हजार ३ सय ६८ बचत तथा ऋण सहकारी संस्था रहेकामा ती संस्थामा आबद्ध रहेका २ सय ८० जनाको निधन भएको, ९ सय २५ जना घाइते भएका छन् । बचत तथा ऋण सहकारी संस्थाको मात्रै १२ करोड ३८ लाख छ हजार ९ सय ३ बराबरको क्षति भएको सचिव गौतमले जानकारी दिए ।
यस्तै कुल आठ हजार ६९ वटा साना किसान तथा कृषि सहकारी संस्थामध्ये त्यसमा आबद्ध ४ सय ९० जनाको निधन भएको ९ सय २५ घाइते भएको, ७२ वटा कार्यालय भवन क्षति भएको जानकारी सो अवसरमा दिइयो ।
भूकम्पका कारण सबैभन्दा बढी क्षति दुग्ध उत्पादक किसान तथा सहकारीकर्मीलाई भएको छ । भूकम्प प्रभावित जिल्लामा मात्रै एक लाख ४५ हजार चौपायाको निधन भएका कारण दूध तथा दुग्धजन्य पदार्थको आपूर्तिमा कमी आएको छ ।
काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखामा भूकम्पका कारण गाईभैँसीको उल्लेख्य मृत्यु भएका कारण दूध तथा दुग्ध उत्पादक सहकारीको अवस्था दुरुहपूर्ण अवस्थामा पुगेको छ । कृषकको आर्थिक उपार्जनमा समेत बाधा उत्पन्न भएको छ ।
सहकारी विभागका रजिष्टार काशीनाथ मरासैनीले सहकारी क्षेत्रमा भएको क्षतिको सत्य तथ्य विवरण सङ्कलन गरेर कर छुट तथा ऋण मिनाहाका लागि आवश्यक पहल गर्न सरकारले आवश्यक तयारी गर्नुपर्ने र त्यसका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेकामा जोड दिनुभयो ।
समितिको बैठकमा सांसदहरू केशव बडाल, भरतमोहन अधिकारी, हरि ज्ञवालीलगायतले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा रहेको सहकारी क्षेत्रमा भूकम्पले पारेको प्रभावको अध्ययन गरी यथोचित राहत दिनुपर्ने बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
