विदेशमा थप सेवा विस्तार गर्दै प्रभू मनि ट्रान्सफर
काठमाडौं । यूएईको सबैभन्दा ठुलो मनि एक्सचेन्ज अल अन्सारी एक्सचेन्ज र नेपालको प्रभू मनि ट्रान्सफरबीच रेमिट्यान्स संझौता भएको छ ।
उक्त संझैतामा अल अन्सारीका तर्फबाट जीएम रसीध ए अल अन्सारी तथा प्रभू मनि ट्रान्सफरका तर्फबाट उपाध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका छन् । संझौता अनुसार अन्सारी एक्सचेन्जका यूएईमा रहेका १ सय ५५ वटै शाखाबाट कुनै पनि ठाउँमा प्रभू मनि ट्रान्सफर मार्फत रकम पठाउन सकिने छ । प्रभूको यूएइमा यो १८ औं संजाल हो । यस अघि त्यहाँस्थित १७ वटा रेमिट्यान्स कम्पनिबाट प्रभू मनि ट्रान्सफरले नेपालमा रेमिट्यान्स भित्राउँदै आएको छ ।
बैदेशिक रोजगारमा गएका नेपालीहरुमध्ये यूएईमा धेरै नेपाली कार्यरत छन् । यस संझौता पछि त्यहाँ रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स रकम पठाउन अझै सहजीकरण हुने भएको छ । प्रभू मनि ट्रान्सफरबाट नेपालका कुनै पनि जिल्ला र ग्रामिण भेगमा रहेका सहकारीहरु मार्फत पनि रेमिट्यान्स कारोवार हुँदै आएको छ । पछिल्लो समय ग्रामिण भेगमा सहकारीहरुले रेमिट्यान्सको काम गर्दै आएका छन् । यो संझौता पछि यूएइमा रहेका नेपालीहरुले अल अन्सारी एक्सचेन्जबाट प्रभू मनि ट्रान्सफर मार्फत विना झन्झट सजिलै रेमिट्यान्स पठाउन सक्ने छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
