नेपालमै पहिलो पटक सहकारीले पशुलाई सुत्केरी खर्च दिइने
पाल्पा । सरकार तथा स्वास्थ्य जनसंख्या मन्त्रालयले मानवीय क्षेत्रमा लागु गरेको सुत्केरी खर्च कार्यक्रम यतिखेर पशुमा पनि लागु भएको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरले कृषकलाई व्यवसायिक पशुपालन तर्फ आकर्षित गराउन पशुमा सुत्केरी खर्च कार्यक्रम ल्याएको हो ।
नेपालमै पहिलो पटक यस सहकारीले पशुमा सुत्केरी खर्च कार्यक्रम ल्याएपछि कृषकहरु यतिबेला पशुपालन व्यवसायतर्फ आकर्षित भएका छन् । सहकारी संस्थामा बिमा गरेका पशु सुत्केरी भएमा संस्थाले सुत्केरी खर्च रकम वापत पाँच सय रुपैयाँ किसानलाई दिने गरेको छ । पशुमा सरसफाई गर्ने चेतना जागोस् र सुत्केरी अवस्थामा खानपानमा कुनै कमी नहोस् भनी किसानमा जनचेतना फैलाउन सहकारीले सुत्केरी खर्च कार्यक्रम ल्याएको हो । सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालका अनुसार सहकारी भनेको सहकार्य गरेर अगाडी बढ्ने हो, नाफामुखी गर्ने होइन । किसानलाई व्यवसायिक बनाउन संस्थाले प्रत्यक्ष लाभान्वित हुने खालका कार्यक्रम संचालन गरेको बताए ।
सहकारीले पशुमा सुत्केरी खर्च कार्यक्रम ल्याएपछि संस्थामा अहिले पशु बिमा गर्ने र व्यवसायिक रुपमा पशुपालन गर्ने कृषकको संख्या बढ्न थालेको व्यवस्थापक हरिप्रसाद सिग्देलले बताए । गाईको सुत्केरी खर्च रकम वापत संस्थाले ७ दिनमा नै पाँच सय रुपैयाँ रकम दिएको कृषक राधादेवी न्यौपानेले बताइन् । कृषक विष्नुदेवी गैरे भन्छिन्“हिजोआज त पशुपालन व्यवसाय सुरु गरे मात्र भो,बिमा गर्ने,रोग लागेमा उपचार गर्ने काम सबै सहकारीले गरीदिएको हुँदा व्यवसाय गर्न सजिलो भएको छ,अहिले त झन् सुत्केरी खर्च पनि पाइने रहेछ”। गाई ब्याएको १७ दिनमा सहकारीले दिएको सुत्केरी खर्च रकमले गाईलाई नै भिटामिन किनेर खुवाएको केशवराज भण्डारीले बताउँछन् । गाउँकै छिमेकीहरुले पशुमा सुत्केरी खर्च रकम पाएको देखि मणिरत्न डोटेलले पनि संस्थामा पशु बिमा गरेको बताए ।
हिजोआज पशुमा सुत्केरी खर्च रकम दिन थालेपछि संस्थामा पशु बिमा गर्ने किसानको प्रतिस्पर्धा बढेको पशु बिमा समिति रामपुरका संयोजक नगिलाल पौडेल बताउँछन् । यस सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले पाल्पा जिल्लाका पूर्वी भेगका मित्याल, गल्धा, झिरुवास, सिलुवा, बाकामलाङ्ग, सहलकोट, रामपुर, हुँगी स्याङ्गजा, तनहुँ र नवलपरासी जिल्लाका विभिन्न स्थानका पशुपालक किसानलाई सेवा दिदै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
