२१ कात्तिक २०८३, शनिवार

भूकम्प पीडितकालागि कुन सहकारीले कति सहयोग गरे ? (सूचि सहित)

२०७२ जेठ २६, मङ्गलबार
भूकम्प पीडितकालागि कुन सहकारीले कति सहयोग गरे ? (सूचि सहित)

काठमाडौं । १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण लाखौं जनता घरबार विहीन भए । कैयौं टुहुरा बने । धेरैले सहारा गुमाए । प्राकृतिक विपत्तीले कैयौं नेपालीको गाँस खोसिएको छ । लाखौंको छानो उजाडिएको छ । सबैले यतिबेला व्यक्तिगत र पार्टीगत इबी, लोभ र पापहरु भुलेर जनताको उद्धार, सहयोग र राहतमा लागिरहेका छन् ।

नेपालको अन्तरिम संविधान २०६३ ले तीन खम्बे अर्थनीति अबलम्बन गरेको छ । सहकारी, निजी र सार्वजनिक नियकाय । तर यी तीन खम्बामध्ये सहकारी सबल र सक्षम छैन् । यहि कारणले पनि राष्ट्रिय विपत्तिमा सहकारीको भूमिका पनि कमजोर देखिएको छ ।

यस्तो विपत्तिमा सहकारीले गर्नुपर्ने काम नगरेको आरोप लागेको छ । भूकम्प पीडितको राहत र उद्धारका लागि देशभरका सहकारीले के कति सहयोग गरेको छ त ? आइतबार सम्म प्रधानमन्त्री दैवी प्रकोप उध्दार कोषमा रकम जम्मा गर्ने सहकारी संस्थाहरुको विवरण यस प्रकार रहेको छ ।

१) राष्ट्रिय सहकारी संघ, नेपाल : २५ लाख रुपैंया
२) पौरखी वचत तथा ऋण सहकारी, कावासोती, नवलपरासी : ३० हजार रुपैंया
३) समृध्दि सामुदायिक विकास सहकारी संस्था लि. महादेवस्थान २, काठमाण्डौं : ६१ हजार सात सय रुपैंया
४) पावसा बचत तथा ऋण सहकारी : एक लाख ११ हजार रुपैंया
५) सहकारी दैवी राहत कोष कास्की : १५ लाख २७ हजार एक सय २७ रुपैंया
६) सवल सहकारी संस्था लिमिटेड : दुई लाख ८ हजार ८ सय ८१ रुपैंया

 स्रोत : प्रधानमन्त्री दैवी प्रकोप उध्दार कोष

अभिलेख

लोकप्रिय