२१ कात्तिक २०८३, शनिवार

सरकार फेर्ने तीन विकल्प प्रस्तुत

२०७२ जेठ २०, बुधबार
सरकार फेर्ने तीन विकल्प प्रस्तुत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले नयाँ सरकार गठनका लागि तीन वैकल्पिक प्रस्ताव अगाडि सारेको छ। गठबन्धनको मंगलबार सिंहदरबारमा बसेको बैठकले यस्तो प्रस्ताव ल्याएको हो।

वर्तमान सरकारले संविधानका विवादित विषयमा सहमति जुटाउन सहजीकरण गर्न नसकेको, दाताले उपलब्ध गराएका राहतसामग्री बेचेर खानेलाई संरक्षण दिएको, अन्तर्राष्ट्रिय समुदायका सामु विश्वास गुमाएका कारण प्रधानमन्त्री राहत कोषमा सहायता जुट्न नसकेको, प्रशासनिक र सुरक्षा निकायका अंगले निर्देशन पालना गर्न छोडेको, अनियमितता र भ्रष्टाचार बढेको भन्दै गठबन्धनले वैकल्पिक सरकारको प्रस्ताव गरेको हो।

बैठकमा कांग्रेस-एमाले गठबन्धन कायमै राखी व्यक्ति परिवर्तन गरेर सरकार गठन गर्ने, संविधानका विवादित विषयमा सहमति गरेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र संविधानका विवादित विषयलाई थाती राखी राष्ट्रिय सरकार गठन गरेर भूकम्पले निम्त्याएको विपत्तिको सामना गर्न पुनस्र्थापना र पुनर्निर्माणको योजना कार्यान्वयन गराउने विक ल्पमाथि छलफल भएको तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले बताए।

‘यो सरकार पूर्णत: असफल भइसक्यो भन्नेबित्तिकै वैकल्पिक सरकारको आवश्यकताबोध भयो’, उनले भने।बैठकमा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाका अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान नबन्ने, संविधानसभा नरहनेजस्ता गम्भीर परिस्थिति पनि आउनसक्ने विश्लेषण सुनाउँदै राष्ट्रिय सरकार गठन गरेर अगाडि बढ्दा कस्तो हुन्छ भनेर नेताहरूलाई सोधेका थिए।

‘सत्ता पक्ष गैरजिम्मेवार भयो भनेर हामी पनि गैरजिम्मेवार बन्न मिल्दैन। सत्ता पक्षका नेता संघीयता आफ्नो एजेन्डा होइन भन्छन्। यस्तो अवस्थामा हामीले लचिलो भएर जाँदा प्राप्त उपलब्धि जोगाउन सकिन्छ कि ?’ दाहालको भनाइ उद्धïृत गर्दै झाले भने, ‘राष्ट्रिय सरकार बनाएर पनि संविधान बनाउने दिशामा जान सकिन्छ कि?’

बैठकमा दाहाललाई मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले साथ दिएका थिए। ‘सरकारलाई सत्तासँग जोडेर नकारात्मक रूपमा मात्रै प्रस्तुत गर्नु हुँदैन।

सरकार भ्रष्ट भयो, राहत वितरणमा धाँधली गर्‍यो भनेर आरोप लगाएर मात्रै हुँदैन। प्रतिपक्षले विक ल्प पनि दिनुपर्छ,’ गच्छदारको भनाइ उद्धïृत गर्दै झाले भने।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका नेता लक्ष्मणलाल कर्ण, गठबन्धनका नेता परशुराम तामाङ र कुमार लिङ्देनप्रति लक्षित गर्दै गच्छदारले भने, ‘सबैका मनमा छट्पटाहट छ।

मञ्चमा कुरा गर्दा शुभकामना दिन थाल्ने प्रवृत्ति छ।’ यादव र कर्णले सोमबारको बैठकमा दाहाल र गच्छदार सरकारमा सहभागी हुन हतारिएको टिप्पणी गर्दै शुभकामना दिएका थिए।

तामाङले भने संविधानका अन्तरवस्तुमा सहमति भएपछि मात्रै राष्ट्रिय सरकार गठन गर्नुपर्नेबारेमा छलफल भइरहेको बताएकाे अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।

‘कांग्रेस-एमाले पहिलेभन्दा पनि अहिले पछाडि हटेका छन्’, उनले भने, ‘त्यसैले खासै प्रगति भएको छैन।’

अभिलेख

लोकप्रिय