२१ कात्तिक २०८३, शनिवार

भूकम्प पीडितलाई सहकारीको मलम

२०७२ जेठ १९, मङ्गलबार
भूकम्प पीडितलाई सहकारीको मलम

धादिङबेशी । धादिङको महादेवस्थान गाविस –४ ताल्तीमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

दियालो साना किसान कृषि सहकारी संस्था महादेवस्थानको आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा छ सय दुई जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

काठमाडौँ स्थित पाटन अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल र टिचिङ अस्पतालका नौ जना डाक्टर, २ जना नर्सले स्त्री तथा बाल रोगका स्वास्थ्य जाँच गरेका थिए । १२ बैशाखमा गएको विनाशकारी भूकम्पका कारण देखिएको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

शिविरमा महिला, बालबालिका तथा युवाहरुको बढी मात्रामा सहभागीता रहेको थियो । स्वास्थ्य परीक्षण गर्न आउने प्रत्येकलाई प्रति व्यक्ति ५ किलो चामल, १ पोका नुन, १ वटा साबुन र महिलाहरुलाई सेनेटरी व्याड समेत वितरण गरिएको थियो । शिविरमा छ वर्षदेखि मुनिका एक सय ५० जना कुपोषित बालबालिकालाई लिटो र कपडा समेत वितरण गरिएको संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय