२१ कात्तिक २०८३, शनिवार

राष्ट्रिय संघद्वारा मनोमानी ढंगबाट राहत वितरण : ललितपुर बचत संघ

२०७२ जेठ १८, सोमबार
राष्ट्रिय संघद्वारा मनोमानी ढंगबाट राहत वितरण : ललितपुर बचत संघ

काठमाडौं । भारतीय सहकारी इन्डियन फार्मरस् फर्टिलाईजर को–अपरेटिभ (इफ्को)ले राष्ट्रिय सहकारी संघ मार्फत भुकम्प पीडितहरुको लागि बाँड्न पठाइएको राहत सामाग्री केही सिमित व्यक्तिहरुको प्रभावमा मनोमानी ढंगबाट आफू अनुकुल वितरण गरिएको आरोप लागेको छ ।

मुलुकको राष्ट्रिय विपत्तिमा भारतको इफ्कोले पठाएको राहतमा संघका केही सिमित व्यक्तिहरु मात्रको संलग्नतामा भएको वितरणप्रति ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ध्यानाकर्षण जनाएको छ । संघले आइतबार राष्ट्रिय सहकारी संघमा ध्यानाकर्षण पत्र समेत दर्ता गराएको छ ।

राष्ट्रिय सहकारी संघलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ – ‘भुकम्पले अति प्रभावित जिल्लाहरुमध्ये ललितपुर पनि एक हो । जिल्लाको समग्र सहकारी अभियानमा यस संघको महत्वपूर्ण भूमिका रहिआएको कुरा अवगत नै छ । यस्तो प्राकृतिक विपत्तिमा भारतीय सहकारी संस्थाले प्रदान गरेको राहतलाई जिल्लास्तरका विषयगत संघहरुसँग आवश्यक समन्वय नगरिकन भएको वितरण प्रक्रिया पुर्ण रुपमा गलत र त्रुटीपुर्ण रहेको यस संघको ठम्याई छ ।’

संघले भविष्यमा यस्ताखाले विषयहरुमा आवश्यक समन्वय गरि अगाडि बढ्नको निमित्त अनुरोध समेत गरेको छ । बचत संघले संचालक समतिको बैठकको निर्णयको प्रतिलिपि समेत राष्ट्रिय संघलाई बुझाएको छ ।

अभिलेख

लोकप्रिय