२१ कात्तिक २०८३, शनिवार

ओझालाई लखनऊमा विद्यावारिधी

२०७२ जेठ १७, आईतवार
ओझालाई लखनऊमा विद्यावारिधी

काठमाडौं । दमौली तनहूँ स्थायी निवासी अविन ओझाले भारतको लखनऊ स्थीत बाबासाहेव भीमराव अम्वेडकर केन्द्रीय विश्वविद्यालय बाट समाजशास्त्रमा विद्यावारिधी गरेका छन् । विश्वविद्यालयका कुलपति पद्मश्री प्रोफेसर डा आरसी सोवतीको अध्यक्षतामा मे २८, २०१५ मा वसेको “रीर्सच डिग्री कमेटी अफ युनिर्भसिटी” को बैठकले ओझालाई समाजशास्त्र अन्र्तगत विकास अध्ययनमा विद्यावारिधीको उपाधी प्रदान गरेको हो ।

ओझाले “इम्पयाक्ट्स अफ कोओपेरेटिभ्स् अन सोसियो–इकोनोमिक डेभलपमेन्ट : ए स्टडी अफ तनहूँ डिस्ट्रीक अफ नेपाल” विषयमा आफ्नो पीएचडी शोधकार्य सम्पन्न गरेका थिए । करिब चार सय पृष्ठ लामो शोधमा ओझाले नेपालको सामाजिक–आर्थिक विकासमा सहकारीले पारेको प्रभावको गहन अध्ययन गरेका छन् । ओझाको शोधले नेपालको सन्र्दभमा सहकारी अभियान आर्थिक सशक्तिकरण, प्रजातन्त्रीक प्रणालीको अभ्यास, क्षमता अभिबृद्धि, समाजिक समाबेशिता तथा सम्बद्धता आदीमा महत्वपूर्ण रहेको देखाउँछ । नेपाली अर्थव्यवस्थामा सहकारी आर्थिक विकासको साधन तथा समाजिक रुपान्तरणको माध्यामको रूपमा अगाडि बढेको तथ्य उजागर गरेको छ ।

ओझाको शोधमा सहकारी अभियानलाई अझ समावेशी बनाई समाजको पिछडा वर्गको समुन्नतीको लागि मूलत महिला, दलित तथा पिछडा वर्गको सहभागीता सहकारीमा बढाई उनीहरुको प्रतिनिधित्व अधिक गर्नुपर्नेमा जोड दिनुपर्ने सुझाव छ । शोध निर्देशक प्रो डाबीबी मलिकले ओझाको शोध नेपालको समाजिक–आर्थिक विकासमा सहकारी अभियानको अध्ययनको निम्ति कोशेढुंगा हुने बताए ।

यसले सहकारी अभियान मर्फत देशको समाजिक–आर्थिक विकसलाई थप मजबुत पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । शोधका बाह्य परीक्षक जहावरलाल नेहरु विश्वविद्यालय दिल्लीका प्रोफेसरद्वय प्रो डा. एसान ऊल हक र प्रो. डा. विवेक कुमारले ओझाको शोध सैद्धान्तिक, धारणत्मक एवं प्रणालीगत रुपमा निकै उच्च रहेको प्रतिक्रिया दिएका छन् । यसअघि पीएचडी अध्ययनको आधार पीएचडी कोर्ष वर्कको सैद्धान्तिक परीक्षामा ओझाले विश्वविद्यालयमा प्रथम स्थान हासिल गरेका थिए । ओझाले नेपालको सामाजिक आर्थिक विकास तथा सहकारीका सन्र्दभमा छ र्दजन भन्दा बढी अनुसन्धान मूलक लेख तथा रचानहरु विभिन्न राष्ट्रिय÷अन्तराष्ट्रिय जरनल तथा पत्रपत्रिकामा प्रकाशित गरिसकेका छन् ।

अभिलेख

लोकप्रिय