२१ कात्तिक २०८३, शनिवार

भूकम्प प्रतिरोधी बनाइँदै 'गौतमबुद्ध विमानस्थल'

२०७२ जेठ १५, शुक्रबार
भूकम्प प्रतिरोधी बनाइँदै 'गौतमबुद्ध विमानस्थल'
भैरहवा । विनाशकारी भूकम्पबाट पाठ सिक्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विशेष सुरक्षित बनाइने भएको छ। यसलाई आधुनिक उपकरण जडित र भूकम्प प्रतिरोधात्मक बनाइउन लागिएको हो।
style="text-align: justify;">
style="text-align: justify;">मुलुकमा आएको विनाशकारी भूकम्पको प्रभावबाट सजग हुँदै ठेकेदार एवं प्राविधिकले अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त गुणस्तरीय सामानको प्रयोगमा जोड दिएका छन्।
style="text-align: justify;">
style="text-align: justify;">विमानस्थल परिसरमा कम्युटर डिजिटल सिस्टमको कंक्रिट ब्यचिङ मिक्सर पलान्ट जडान गरिएको छ। नयाँ प्रविधिको डिजिटल प्लान्ट सिस्टमले पानी, बालुवा, गिटी, सिमेन्टको परिणाम इलोक्ट्रोनिक मेसिनले छाँटेर मसला घुलाई पुन: मिक्सर गाडीबाट निर्माणस्थलमा पुर्‍याइदिनेछ।
style="text-align: justify;"> style="text-align: justify;">मसलालाई मेसिनले नै मिलाउने इन्जिनियरले जानकारी दिए। हाल यसको निर्माण तीव्रताका साथ भइरहेको छ। style="text-align: justify;"> style="text-align: justify;">त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विमान चापलाई व्यवस्थापन गर्न सरकारले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध विमानस्थलको निर्माण गर्न लागेको हो। style="text-align: justify;"> style="text-align: justify;">निर्माण अन्तर्गत तत्काल ठेकेदारले घाघरा खोलो फर्काउन (डाईभर्सन) माटो खन्ने र खोलो हिँडाउने नयाँ मार्ग बनाएको छ। खोलाको मुहान र अन्तिम क्षेत्रको केही भागमात्रै खन्न बाँकी छ। style="text-align: justify;"> style="text-align: justify;">यसको रन-वे तीन हजार मिटर निर्माण गरिनेछ। निर्माणाधीन रनवे क्षेत्रमा मर्चवार बेथरीको पक्की सडक परेकाले उक्त कालोपत्रे सडक यु आकारमा पश्चिम सार्ने काम भइरहेको छ। मनसुन सुरु हुनु अगाडि नै खोला फर्काइसक्ने योजना रहेको आयोजनाका उप-प्रमुख ओम शर्माले जानकारी दिए । style="text-align: justify;"> style="text-align: justify;">आयोजनाको कार्यालय भवन, प्रयोगशाला भवन र ठेकेदार एवं मजदुर वासस्थान भवनको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ। केही दिनमै विमानस्थल नजिकैको नयाँ भवनबाट काम संचालन गरिने उनले बताए। style="text-align: justify;"> style="text-align: justify;">प्रथम चरणमा विमानस्थलको तीन हजार मिटरको रन-वे, ट्याक्सी-वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकीय भवन, आन्तरिक तथा बाह्य सडक, एअर कार्गो भवन, सुरक्षा पोस्ट भवन, विमानस्थल सडक, घाघरा नदी डाइभर्सन लगायत निर्माणको चरणमा छन्। style="text-align: justify;"> style="text-align: justify;">नदीको दुबैतर्फ सात-सात मिटरको बाटो बनाइनेछ। यसमध्ये एउटा बाटो आम नागरिकको प्रयोगका लागि खोलिनेछ भने अर्को बाटो एयरपोर्टको आन्तरिक प्रयोजनका लागि खोलिने परियोजनाका साइट संयोजक नारायण कार्कीले जानकारी दिए। style="text-align: justify;"> style="text-align: justify;">दोस्रो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक सबै प्राविधिक सामान ग्लोबल टेन्डरमार्फत आपूर्ती गरिनेछ। style="text-align: justify;"> style="text-align: justify;">वार्षिक सात लाख ६० हजार हवाई यात्रुलाई थेग्नेगरी प्रथम चरणमा विमानस्थलको निर्माण हुनेछ। माघ १ गते प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको शिलान्यास गरेसँगै ठेकेदार कम्पनीले माघ १२गतेबाट काम थालेका थिए। style="text-align: justify;"> style="text-align: justify;">सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीले तीव्रगतिमा काम गरिरहेको छ। निर्माण सम्पन्न गर्र्न ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ खर्च हुने अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ । class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2015/05/29/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%a7%e0%a5%80-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%81%e0%a4%a6%e0%a5%88/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय