२१ कात्तिक २०८३, शनिवार

हातेमालोले पुनर्निमाणमा सहभागिता जनाउने

२०७२ जेठ १४, बिहिबार
हातेमालोले पुनर्निमाणमा सहभागिता जनाउने

सिमरा । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले भूकम्पका कारण क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणमा सहभागिता जनाउने भएको छ । संस्थाको आठौं स्थापना दिवस विशेष सप्ताहका सबै कार्यक्रमहरु स्थगित गरी पुनर्निमाणमा सहभागिता जनाउन लागेको हो ।

बिहिबार बसेको संचालक समितिको बैठकले वार्षिकोत्सवको बजेटबाट अति प्रभावित जिल्ला दोलखामा सार्वजनिक संस्था तथा नीजी आवास निर्माणका लागि बांसलगायत निर्माण सामाग्री लैजाने र स्वयम्सेवी जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । उक्त कार्यकालागि संस्थाका उपाध्यक्ष सीता गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

वैठकले दोलखाको स्थानीय प्रशासन र सहकारी अभियानसंग समन्वय गरी भवन संरचना तयार गर्नका लागि निर्माण सामाग्री र जनशक्ति पठाउने निर्णय गरेको छ । यसका लागि बांसलगायत निर्माण सामाग्री र स्वयम्सेवा गर्न चाहने जनशक्तिका लागि सदस्यहरुलाई आह्वानसमेत गरको छ ।

यस अघि हातेमालोले भूकम्पपिडितको राहतकालागि लाख रुपैया सहयोग गरेको थियो ।

अभिलेख

लोकप्रिय